कार्तिक १८,धनगढी : हङकङ सिक्स क्रिकेट प्रतियोगिताको प्लेट सेमिफाइनलमा नेपालले यएईलाइ ९५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ६ ओभरको खेलमा ३ विकेट गुमाएर ९४ रन बनायो । नेपालका लागि विवेक यादवले सर्वाधिक ४९ रन बनाए । १६ बल सामना गरेका यादवले ३ चौका र ५ छक्का हिर्काए । लोकेश बमले १० बलमा १९ रनको पारी खेले । कप्तान संदिप जोरा ७ रनमा पवेलियन फर्किदा रसिद खान खाता खोल्न सकेनन । प्रतिस जिसिले ४ बलमा १४ रनको योगदान गरे ।
शनिबार सेमिफाइनल प्रवेशका लागि भएको खेलमा नेपाल श्रीलंकासँग ४० रनले पराजित भएको थियो। अन्तिम आठबाट बाहिरिनेले प्लेट सेमिफाइनल खेल्ने नियमअनुसार नेपालले युएइसँग प्लेट सेमिफाइनलमा खेल्न लागेको हो ।