You are currently viewing हङकङ सिक्स प्लेट सेमिफाइनलमा नेपाल युएइसँग ५ विकेटले पराजित / NEPAL VS UAE

हङकङ सिक्स प्लेट सेमिफाइनलमा नेपाल युएइसँग ५ विकेटले पराजित / NEPAL VS UAE

कार्तिक १८,धनगढी : हङकङ सिक्स क्रिकेट प्रतियोगिताको प्लेट सेमिफाइनलमा नेपाल यएईसँग ५ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको ९५ रनको लक्ष्य युएईले ५.२ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । युएइका लागि कप्तान आशिफ खानले सर्वाधिक ५५ रनको पारी खेले । खलिद साहले १५ रन बनाउँदा अंश टण्डन २३ तथा सञ्चित शर्मा १ रनमा अविजित रहे । नेपालका लागि रसिद खानले १ विकेट लिनु बाहेक अन्य बलर विकेट लिन असफल रहे ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ६ ओभरको खेलमा ३ विकेट गुमाएर ९४ रन बनायो । नेपालका लागि विवेक यादवले सर्वाधिक ४९ रन बनाए । १६ बल सामना गरेका यादवले ३ चौका र ५ छक्का हिर्काए । लोकेश बमले १० बलमा १९ रनको पारी खेले । कप्तान संदिप जोरा ७ रनमा पवेलियन फर्किदा रसिद खान खाता खोल्न सकेनन । प्रतिस जिसिले ४ बलमा १४ रनको योगदान गरे । युएइका लागि अफिक राजाले २ तथा सञ्चित शमार्ले १ विकेट लिए ।

समूह चरणमा अष्ट्रलेलिया तथा ईण्ल्याण्ड जस्ता बलिया टिमलाई हराउँदै सनसनी मच्चाएको नेपालले पछिल्ला दुइ खेलमा भने निरन्तर पराजित भयो । हङकङ सिक्स क्रिकेट प्रतियोगितमा यो नेपालको पहिलो सहभागिता हो ।

 

Leave a Reply