You are currently viewing हङकङ सिक्स प्लेट सेमिफाइनल : युएई विरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दै नेपाल,नारायणको ठाउँमा दिपेन्द्र

हङकङ सिक्स प्लेट सेमिफाइनल : युएई विरुद्ध टस हारेर पहिला ब्याटिङ गर्दै नेपाल,नारायणको ठाउँमा दिपेन्द्र

कार्तिक १८,धनगढी : हङकङ सिक्स क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलबाट बाहिरिएको नेपालले प्लेट सेमिफाइनल खुेल्दैछ । केहिबेरमा सुरु हुने खेलमा युएइले टस जित्दै फिल्डिङ गर्दैछ । शनिबार सेमिफाइनल प्रवेशका लागि भएको खेलमा नेपाल श्रीलंकासँग ४० रनले पराजित भएको थियो। अन्तिम आठबाट बाहिरिनेले प्लेट सेमिफाइनल खेल्ने नियमअनुसार नेपालले युएइसँग प्लेट सेमिफाइनलमा खेल्न लागेको हो । ३ खेलमा निरन्तर मौका पाएर राम्रो प्रदर्शन गर्न नसकेका नारायण जोशीको स्थानमा दिपेन्द्र रावतले पहिलोपटक प्लेङमा स्थान पाएका छन ।

Leave a Reply