You are currently viewing हतियारधारी देखिएको सूचना पछि धनगढीमा त्रास, सर्वसाधारणलाई सतर्क रहन आग्रह

हतियारधारी देखिएको सूचना पछि धनगढीमा त्रास, सर्वसाधारणलाई सतर्क रहन आग्रह

२७भाद्र,धनगढीः सुदूरपश्चिमको राजधानी धनगढीमा हतियारधारी पसेको भन्दै स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका छन् । धनगढीस्थित फुलबारी क्षेत्रमा बिहीबार दिउँसो १०/१५ जना हतियारधारी व्यक्ति देखिएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका हुन् ।
स्थानीयका अनुसार ती हतियारधारी फुलबारीको बी गाउँ पछाडिको जंगलमा देखिएका थिए । स्थानीयको जानकारीपछि खोजीका लागि टोली पठाइएको कैलाली प्रहरीका प्रमुख एसपी नरेन्द्र चन्दले बताए । सूचनापछि टोली पठाएका थियौँ, खोज्दा कोही भेटिएनन्, सूचना भेरिफाइ गर्दै छौँ,झ एसपी चन्दले भने ।


कउबल;श्रयस्तै जिल्ला प्रहरी कार्यालय कैलालीले सर्वसाधारणलाई सतर्क रहन र अनावश्यक रूपमा बाहिर ननिस्कन पनि आग्रह गरेको छ । जेनजी आन्दोलनको फाइदा उठाएर कैलालीको जेलबाट छ सय बढी कैदीबन्दीसमेत फरार भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply