पुस्तक समिक्षा : हीरा क्षेत्री
पुस्तक : बुह्रान ( उपन्यास )
लेखक : महानन्द ढकाल
प्रकाशक : सांग्रीला बुक्स
मुल्य : ५९९
कार्तिक १ धनगढी : आजभन्दा एकवर्ष अघि चितवनमा पढ्थे । विद्यालयको पुस्तकालयमा हामी हाँसे संसार हाँस्छ ’ भन्ने पुस्तक पढ्ने क्रममा विद्यालयको पुस्तकालयमा बुह्रान उपन्यास बारम्बार आँखाअघि देखिरहेकी थिए । पछि बर्दिया आएपछि म ने .रा. मा.वि. लक्ष्मणुर बाँसगढीमा कक्षा नौमा भर्ना भए । केही महिना पछि थाहा पाए कि बुह्रानका लेखक त हाम्रै गुरु महानन्द ढकाल हुनुहुँदो रहेछ । सामुन्नेमा सोध्न सकिन । कुरा गर्न अप्ठ्यारो लाग्यो । फेसबुकमा उहाँलाई खोजी गरी पुस्तकका बारेमा केही तथ्य थाहा पाए । पुस्तक माग्ने आँट आएन । विद्यालयको लाइब्रेरीमा उपन्यास खोजे । पुस्तकालयमा रहेछ । लिएर घर गएँ । पढेपछि थाहा भयो पुस्तकमा थारु जातिको बारेमा धेरै कुरा लेखिएको रहेछ ।
आजभन्दा करिब २ महिना पहिले मेरो किताब प्रतिको रुचि सरलाई थाहा भयो र भन्नुभयो तिमी कुनै पुस्तक पढ्न चाहन्छौ भने मलाई भन्नु म उपलब्ध गराइदिन्छु ।
आफ्नो रुचिलाई कसैले बढावा दिएर सहयोग गर्छु भन्दा नाई भन्ने त कुरा नै आउँदैन । मलाई पढ्न मन भएका किताबहरूको नाम दिएकी छु ऐंठन र इजोरिया पढ्न मन छ । पुस्तकालयमा रहेनछ । बुह्रान पुस्तक पढ्ने क्रममा बीच बीचमा केही शब्द थारु भाषामा उल्था गरिएको पाए । केही शब्द बुझिन नबुझेका शब्दको अर्थ कक्षामा त्यस्तै थारू साथीहरूसँग सोधी अर्थ बुझें ।
माइला बुह्रान क्षेत्रमा ठूलो सपना देखि भित्रिएका एक पात्र हुन् साथै पार्वती पनि श्रीमानको मृत्युपछि छोरा छोरीको जिम्मेवारी र उनीहरूको राम्रो भविष्य कल्पना गरी मधेस झरेकी थिइन् । त्यही क्रममा नै माइलाको लगनशीलता,इमान्दारिता,मेहनती स्वभावले पार्वतीको परिवार र माइलाको परिवार बीच घनिष्ट सम्बन्ध हुँदै गइरहेको थियो । माइला थारु थिए भने पार्वती पहाडिया थिएन ।
एउटा थारु र पहाडिया बीचको सम्बन्ध एकदमै घनिष्ट थियो दुःख सुखमा एक अर्काका साहरा बन्थे ।
हौसला दिन्थे । थारू र पहाडिया भएकोमा कुनै मतभेद थिएन । भेदभाव थिएन । तर अरू पहाडियाले सोझा साझा थारुहरुलाई विभेद गरिरहेका थिए । बिचरा थारुहरु भने गास, बास,कपासको अभावमा जमिन्दारका घरमा कमैया बस्थे । र आफ्ना पूर्वजहरुले जस्तै कमैयामा जीवन बिताउन नपरोस् भन्ने धारणा हरेक थारुहरुमा हुने गथ्र्यो । त्यसैले आगामी पुस्ताले पूर्वजहरुले गरेजस्तै संघर्ष र मालिकहरुको अत्याचार,दमन सहन नपरोस् भन्दथे र थारूहरूले राम्रो जीवनयापनको लागि विभिन्न आन्दोलन पनि गरे । तर सफल हुन भने सकेनन् । थारुहरु जाँगरिला र मेहनती थिए । अरूले देखाएका प्रलोभनमा फस्दैनथे । मइला जस्ता थारुहरूमा मेहेनत गर्ने जाँगर र सीप हुँदाहुँदै पनि उनीहरू साक्षर थिएनन् । जसका कारण उनीहरू हेपिए । उनीहरूले अन्यायका विरुद्ध आवाज उठाए ता पनि न्याय पाउन भने सकेनन् । सरकारले पनि गरिब थारुहरुलाई साथ दिन सकेन । आन्दोलनमा परी कैयौ थारुहरु घाइते बने तर पनि न्याय पाउन सकेनन् ।

यो उपन्यास यहाँका थारुहरुको समाजले भोग्नु परेको वास्तविक कथामा आधारित छ । साँच्चै नै थारुहरुमाथि कति धेरै दमन,अत्याचार गरिरहेका छन् भन्ने कुरा पनि यस उपन्यासले बताएको छ । साँच्चै नै बुह्रान क्षेत्र हजारौं थारुहरुको सपनाको थलो रहेछ । इमान्दारिता,लगनशील,नम्र स्वभाव उनीहरूको विशेषता रहेछ । कायर नभईकन निडरताका साथ जीवन जिउनुपर्छ भन्ने मान्यता राख्दा राख्दै पनि गास,बास र कपासको अभावमा पेलिएर उनीहरूले जीवनमा गर्नु परेका कष्टपूर्ण संघर्ष पनि उनीहरूले जीवनमा परिवर्तन ल्याउन नै सकिरहेको छैनन् ।
साँच्चै नै यो उपन्यास पढ्न लायक छ । वास्तविक कुरामा आधारित छ । यी र यस्तै पुस्तकहरू हामी बालबालिकाले पढेर बुझ्न सकेमा एउटा नयाँ वातावरण सिर्जना गराउन सक्छौ । यी र यस्ता पुस्तकहरूबाट सिकेका व्यवहारिक कुराहरू जीवनमा लागू गर्न सकेमा साँच्चै नै भविष्यका असल कर्णधार ठहरिन्छौ । त्यसैले पनि फुर्सदको समय निकालेर विद्यालयमा पढ्ने पाठ्यपुस्तक बाहेक अरु पनि बाहिरी पुस्तकहरू पढ्ने गर्नुपर्छ र आगामी दिनहरुमा पनि मेरा साथीहरूलाई पुस्तक पढ्नपर्छ । केही ज्ञान सिक्नुपर्छ भन्ने कुरा सिकाउने बाटोमा हिडिरहने छु ।
ने.रा.मा.विलक्ष्मणुर बाँसगढी बर्दियामा कक्षा १० मा अध्ययनरत छात्रा हीरा क्षेत्री अत्यन्तै पठनशील छिन । उनले आजसम्म खुसी,महको म,मनसुन,चिना हराएको मान्छे,प्रिय सूफी ,फूलको आँखामा फुलै संसार ,हामी हाँसे संसार हाँस्छ ,समय माथिको जीत , साया, कथाकी पात्र, आँखा र आँखाहरू , भैरव अर्यालका हास्यव्यङ्ग, जीवन काँडा कि फूल, जीवन मूल्य, समर लभ, मेरो अधुरो प्रेम, जस्ता उपन्यास,जीवनी र कथासंग्रह जस्ता दुई दर्जनभन्दा बढी पुस्तक अध्ययन गरेकी उनले पढेका पुस्तकहरुको समिक्षा पनि गर्न सुरु गरेकी छन । हीराको यो उमेरमै बढ्दो साहित्यिक चेत हेर्दा उनको साहित्यमा भविष्य सुन्दर देखिन्छ ।