You are currently viewing १०औं राष्ट्रिय खेलकुदः नसर्ने गरी मिति तोक्न प्रधानमन्त्रीद्वारा निर्देशन

१०औं राष्ट्रिय खेलकुदः नसर्ने गरी मिति तोक्न प्रधानमन्त्रीद्वारा निर्देशन

१२श्रावण,२०८२ः प्रधानमन्त्री केपी शर्मा ओलीले तयारीका सबैखाले अवस्थाको अध्ययनपश्चात नसर्ने गरी १०औं वृहत राष्ट्रिय खेलकुदको मिति तोक्न युवा तथा खेलकुद मन्त्रालयलाई निर्देशन दिएका छन् । सोमबार आफ्नै निवास बालुवाटारमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीका साथै राखेपका पदाधिकारीहरुलाई बोलाएर छलफल गरेपछि प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएको राखेपका सदस्य कमल भट्टराईले जानकारी गराएका छन् ।


भट्टराईका अनुसार राखेपका संरक्षकको हैसियतमा प्रधानमन्त्री ओलीले सोमबार विभिन्न २२ वटा राष्ट्रिय खेल संघका पदाधिकारहिरुसँग पनि छलफल गरेका थिए । छलफलका क्रममा प्रधानमन्त्री ओलीले मन्त्रालय र राखेपबीच उचित समन्वय गर्न पनि निर्देशन दिएका थिए ।
‘प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार छलफल हुँदा सम्माननीय प्रधानमन्त्रीज्यूबाट १०औं राष्ट्रिय खेलुकद गर्न सम्पूर्ण तयारी गरी मिति स्थान अध्ययन गरेर मात्र मिति घोषणा गर्न खेलकुद मन्त्रालयलाई निर्देशन दिनुभयो,’ भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘खेलकुद परिषदका संरक्षक सम्माननीय प्रधानमन्त्रीज्यूबाट खेलकुद मन्त्रालय र खेलकुद परिषदबीच उचित समन्वय हुनुपर्ने विषयमा पनि निर्देशन दिनुभएको छ । साथै २२ वटा खेलकुद संघसँग पनि खेलकुदका विषयमा व्यापक छलफल भयो ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply