माघ २०,धनगढी : धनगढीको ग्यालेक्सी माविले आयोजना गरेको मावि स्तरीय हाजिरी जवाफ प्रतियोगीताको उपाधि वडा न.८ क्याम्पस रोडमा रहेको एरिष्टो माविले जितेको छ ।
शनीबार ग्यालेक्सिले आयोजना गरेको नगर स्तरीय हाजिरी जवाफमा धनगढी भरीका १३ विद्यालयहरुलाई पछि पार्दै एरिष्टो मावि प्रथम भएको हो । एरिष्टो माविका विद्यार्थीहरु प्रदीप गिरी, आदर्श लम्साल, जेनिथ रौले र प्रतिभा जोशीको समूहले उक्त हाजिरी जवाफमा प्रथम स्थान हाँसिल गर्दै नगद ८ हजार तथा प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उक्त हाजिरी जवाफमा धनगढी कैै ऐश्वर्य विद्या निकेतन दृतिय तथा पञ्चोदय मावि तृतिय भएको छ ।
प्रथम,दृतिय र तृतिय स्थान प्राप्त गरेका विद्यार्थीहरुलाई ग्यालेक्सी माविको वार्षिकोत्सव समारोहमा पुरस्कार प्रदान गरिने विद्यालयका प्रधानाध्यापक छत्रराज पण्डितले जानकारी दिए ।