You are currently viewing १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा एरिष्टो माविकी छात्रा दिपाको ह्याट्रिक स्वर्ण /@AristoSchooldhn

१५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा एरिष्टो माविकी छात्रा दिपाको ह्याट्रिक स्वर्ण /@AristoSchooldhn

जेठ २९,धनगढी : काठमाण्डौंमा जारी १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशकी दिपा जैशीले स्वर्णपदक जितेकी छिन । जैशीले तेक्वान्दो खेलमा महिला ४४ केजी तौल समूहमा स्वर्णपदक जित्न सफल भएकी हुन । दिपाले १३ औ र १४ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा पनि स्वर्णपदक जितेकी थिइन । जैशी धनगढी उपमहानगरपालिका वडा न.८ क्याम्पस रोडमा रहेको एरिष्टो माविमा कक्षा ८ मा अध्ययनरत छिन ।

दिपा खेलकुदमा अत्यन्तै रुचि राख्ने र अनुशासित विद्यार्थी भएकाले लगातार सुखद नतिजा आइरहेको एरिष्टो माविका खेल शिक्षक दर्शन थापाले बताए । त्यस्तै १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता अन्तरगत उस्सु खेलमा सुदूरपश्चिम प्रदेशले रजत पदक जितको छ ।

 

बिहिबार सम्पन्न खेलमा सुदूरपश्चिमका योगेश चौधरीले उस्सुमा रजत पदक जित्न सफल भएका हुन । चौधरी पनि एरिष्टो माविमा कक्षा ९ मा अध्ययन गरिरहेका छात्र हुन । त्यस्तै गत जेठ २५ गते काठमाडौँमा सम्पन्न यु–१४ राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिता २०८२ अन्तर्गत ८०० मिटर दौडमा सुदूरपश्चिम प्रदेशकी चरना बोहराले काँस्य पदक जितेकी छिन । रचना पनि एरिष्टो माविमा कक्षा ९ मा अध्ययन गरिरहेका छात्रा हुन ।

धनगढीमा संस्थागत विद्यालय तर्फ पछिल्लो समय एरिष्टो माविले खेलकुदमा फड्को मारिरहेको छ । पुरुष क्रिकेट,महिला क्रिकेट,उस्सु,तेक्वान्दो,एथ्लेक्टिस लगायतका खेलमा एरिष्टोले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगीतामा पदक जित्दै आएको छ । सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै आफ्नो विद्यालयमा अध्ययनरत छात्रछात्राले उत्कृष्ट खेल प्रर्दशन गरी पदक जित्दा गौरवाम्वित हुने गरेको विद्यालयकी निर्देशक शान्ती अधिकारी क्षेत्रीले बताइन ।

उनले खेलकुदमा रुची राख्ने विद्यार्थीका लागि विद्यालयमा पूर्ण रुपमा खेलकुदको वातावण रहेको पनि बताइन । करिबन उन्नाइस सय विद्यार्थी अध्ययनरत रहेको एरिष्टो मावि चालु शैक्षिक सत्रबाट आफ्नै सुविधा सम्पन्न भवनमा सरेको छ । एरिष्टोले यसै शैक्षिक सत्रबाट कक्षा ११ मा व्यवस्थापन संकायको पढाइ पनि सुरु गर्दैछ । त्यसका लागि उस्ले गत वैशाखमै जेहन्दार विद्यार्थीका लागि आकर्षक छात्रवृत्तिको योजना पत्रकार सम्मेलन मार्फत जानकारी गराएको थियो ।

 

 

Leave a Reply