मंसिर १६,धनगढी : भारतीय क्रिकेट बोर्ड बिसिसिआईको सचिव जय शाह अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) को अध्यक्षमा निर्वाचित भएका छन । शाह अहिले ३६ वर्षका मात्र भए । शाह केहि महिना अगाडी नै निर्विरोध निर्वाचित भएका शाह डिसेम्बर १ बाट आधिकारीक रुपमा अध्यक्ष पदमा नियुक्त भएका छन ।
‘आइसिसीको अध्यक्षको भूमिका निर्वाह गर्न पाउँदा म गौरवान्वित छु र आइसिसी निर्देशक तथा सदस्य बोर्डको सहयोग र विश्वासका लागि आभारी छु,’ शाहले आफ्नो कार्यकालको पहिलो दिन जारी गरेको विज्ञप्तिमा भनिएको छ ।उनले भनेका छन्, ‘ खेलका लागि रोमाञ्चक समय हो किनकि हामी एलए २८ ओलम्पिक खेलको तयारी गरिरहेका छौं । क्रिकेटलाई थप समावेशी बनाउन र विश्वभरका प्रशंसकका लागि आकर्षक बनाउन काम गरिरहेका छौं ।’‘हामी धेरै ढाँचाहरूको सह-अस्तित्व र महिला खेलको विकासलाई गति दिने आवश्यकताको साथ एक महत्वपूर्ण मोडमा छौं । क्रिकेटले विश्वव्यापी रूपमा अथाह सम्भावना बोकेको छ र म आइसिसी टोली र सदस्य राष्ट्रहरूसँग मिलेर यी अवसरहरूको सदुपयोग गर्न र खेललाई नयाँ उचाईमा पुर्याउन उत्सुक छु ‘ शाहले बताए ।
आइसिसीको अध्यक्षमा निर्वाचित हुनुअघि शाह भारतीय क्रिकेट बोर्ड बिसिसिआईको सचिव थिए । शाहले यसअघि एसियन क्रिकेट काउन्सिल(एसिसी) को अध्यक्ष तथा आइसिसीको वित्त तथा व्यावसायिक मामिला समितिको अध्यक्षको रूपमा पनि काम गरेका थिए । छिमेकी राष्ट्रका प्रतिनिधि विश्व क्रिकेटको सर्वोच्व निकाय आइसिसीको अध्यक्ष बन्दा यसबाट नेपालले कुनै न कुनै किसिमबाट फाइदा लिन सक्नुपर्छ । जय शाह आइसिसीको अध्यक्षमा नियुक्त भैसकेपछि नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्दले सफल कार्र्यकालको शुभकामना तथा बधाइ दिएका छन ।