असार २३,धनगढी : माध्यमिक तह स्तरिय चित्रकला प्रतियोगीताको उपाधि सितास्वी चौधरीले जितेकी छन । धनगढी उपमहानगरपालिका वडा न.८ क्याम्पस रोडमा रहेको थ्री स्टार इङलिस बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत छात्रा सितास्वीले धनगढी उपमहानगरपालिका भित्रका १९ वडाका ६२ विद्यालयलाई उछिन्दै प्रथम स्थान हाँसिल गरेकी छन । धनगढी उपमहानरपालिका र युएन डिपीको सहकार्यमा ‘सफा, हरियाली, उज्यालो र सुरक्षित धनगढी’ शिर्षकमा आयोजना भएको उक्त चित्रकला प्रतियोगीतामा प्रथम स्थान हाँसिल गरेकी सितास्वीले आकर्षक ट्रफी,प्रमाणपत्र र चित्रकलाका लागि आवश्यक पर्ने सामाग्री समेत प्राप्त गरेकी हुन । उनलाई प्रदेश सभा सदस्य रमेश धामीले आकर्षक ट्रफी,प्रमाणपत्र हस्तान्तरण गरे । त्यस्तै दृतिय शैलेश्वरी बो.स्कुलकी भावना चन्द र तृतिय गुरुकुल एकेडेमीका विराज जोशी भएका छन । उनीहरु दुवैले पनि आकर्षक ट्रफी,प्रमाणपत्र र चित्रकलाका लागि आवश्यक पर्ने सामाग्री प्राप्त गरेका छन ।

त्यस्तै आभारभुत तर्फ हिमाल एकेडेमीकी झरना बुढाले प्रथम स्थान हाासिल गरेकी छन । हिमाल एकेडेमीकै रिजन ठकुल्ला दृतिय तथा एरिष्टो ई.बो.स्कुलका मुकेश बोहराले तृतिय स्थान हाँसिल गरे । आधारभुत तर्फपनि तिनैजनाले आकर्षक ट्रफी,प्रमाणपत्र र चित्रकलाका लागि आवश्यक पर्ने सामाग्री समेत प्राप्त गरे ।

युएनडपीकी ग्रीन पोर्टफोलियो पर्सन आकृति बस्नेतका अनुसार सरकारी तथा निजी विद्यालयका विद्यार्थीहरूलाई ‘सफा, हरियाली, उज्यालो र सुरक्षित धनगढी’ को साझा दृष्टि निर्माणमा सक्रिय रूपमा संलग्न गराउने उद्देश्यले आयोजित यस चित्रकला प्रतियोगितामा दुई तह प्राथमिक र माध्यमिकमा गरी १३८ विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।

प्रतियोगिताको प्रमुख उद्देश्य विद्यार्थीहरूले आफ्नो कल्पना, बुझाइ र दृष्टिकोणमार्फत धनगढी कस्तो हुनुपर्छ भन्ने भविष्यमुखी चित्र प्रस्तुत गर्नु तथा तिनीबाट प्राप्त सिर्जनात्मक विचारहरूलाई आगामी योजना, कार्यक्रम र व्यवहारिक कार्यान्वयनमा उपयोग गर्दै धनगढीलाई सफा, हरियाली, उज्यालो र सुरक्षित शहर बनाउन सहयोग पु¥याउनु हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?