You are currently viewing ऐश्वर्य विद्या निकेतनमा खेल सप्ताहको रौनक / @AishwaryaVidyaNiketan

ऐश्वर्य विद्या निकेतनमा खेल सप्ताहको रौनक / @AishwaryaVidyaNiketan

पौष १९,धनगढी : धनगढी उपमहानगरपालिका वडा न ५ हसनपुरमा रहेको ऐश्वर्य विद्या निकेतनले खेल सप्ताहलाई धुमधामका साथ मनाइरहेको छ । पौष १५ गतेदेखि सुरु भएको खेल सप्ताह पौष २१ गतेसम्म सञ्चालन हुने विद्यालयका सहायक प्रधानाध्यापक संजय पन्तले बताउभयो । सहायक प्रअ पन्तका अनुसार विद्यालयमा अध्ययनरत बढीभन्दा बढी विद्यार्थीले खेल सप्ताहमा सहभागी हुने मौका पाउन भनेर नै मण्टेश्वरी,कक्षा १ देखि ५,कक्षा ५ देखि १० र कक्षा ११ र १२ का विद्यार्थीहरुबीच छुट्टाछुट्टै प्रतिसपर्धा गराइको छ ।

खेल सप्ताहमा फुटबल,क्रिकेट,भलिबल,दौड,ब्याडमिण्टन,टेबल टेनिस लगायतका खेलहरुमा प्रतिसपर्धा भैरहेको छ । सामूहिक खेलमा गर्ल र ब्याइजको भिन्नाभिन्नै टोली छ । त्यस्तै स्लेलिङ कन्टेस्ट,निबन्ध,कविता,हाजिरी जवाफ,चेस,वक्तृत्वकला,हस्तकला लगायतमा पनि प्रतिसपर्धा भैरहेको छ ।


वि.स.२०३३ सालमा स्थापना भएको सार्वजनिक शैक्षिक गुठी अन्तर्गत सञ्चालित ऐश्वर्य विद्या निकेतनमा सुदूरपश्चिम प्रदेशमै सबैभन्दा बढी विद्यार्थी अध्ययनरत छन । कक्षा नर्सरी देखि १२ कक्षासम्म ३७ भन्दा बढी विद्यार्थी अध्ययरत रहेको विद्यालय प्रशासनले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply