You are currently viewing ‘जेन जी’ शहीदहरूको सम्झनामा धनगढीमा दीप प्रज्वलन

‘जेन जी’ शहीदहरूको सम्झनामा धनगढीमा दीप प्रज्वलन

३०भाद्र,धनगढीःभदौ २३ र २४ गते ‘जेन जी’ आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको सम्झनामा आइतबार साँझ धनगढीमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ।
गैरसरकारी संस्था महासंघ नेपाल, नेपाल पत्रकार महासंघ कैलाली र कैलाली जिल्ला अदालत बार एसोसिएशनको संयुक्त आयोजनामा भएको कार्यक्रममा शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै समाजमा शान्ति र एकता कायम गर्ने प्रतिबद्धता जनाइएको थियो।


कार्यक्रमलाई सम्बोधन गर्दै कैलाली जिल्ला बार एसोसिएशनका अध्यक्ष नाथुराम चौधरी र नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाले शहीदहरूको बलिदानलाई सम्झँदै सरकार र नागरिक समाज दुवै जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। उनीहरूले ‘जेन जी’ आन्दोलनका माग र सपना पूरा गर्नु सबैको साझा कर्तव्य भएको उल्लेख गरे।


गैरसरकारी संस्था महासङ्घ कैलालीका अध्यक्ष चेतमान साउदले पनि चुनौती र शून्यताबाट सहकार्य गर्दै अगाडि बढ्नुपर्ने धारणा राखे। सञ्चारकर्मी, कानुन व्यवसायी, विभिन्न संघसंस्था र गैरसरकारी प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको कार्यक्रमले शहीदहरूको सम्झनालाई जीवन्त बनाएको आयोजकहरूले जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply