You are currently viewing विष्णु भट्टको स्वरमा रहेको ‘तानी लान्छु ओय झुम्की’गीत ६ वर्षपछि भाइरल (भिडियोसहित) /@BishnuBhatta

विष्णु भट्टको स्वरमा रहेको ‘तानी लान्छु ओय झुम्की’गीत ६ वर्षपछि भाइरल (भिडियोसहित) /@BishnuBhatta

अहिले टिकटकमा ‘तानी लान्छु ओय झुम्की’ बोलको डेउडा गीत चर्चित बनेको छ। गीतलाई मोर्डन शैलीको डेउडा गीत भनिएको छ। यो गीत आजभन्दा ६ वर्ष अघि युट्युबमा सार्वजनिक भएको थियो। गीत एभरेस्ट ग्यालरी नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

विष्णु भट्टको स्वर रहेको गीत प्रहरी जवान उमेश कठायतले लेखेका हुन्। गीतमा गायक भट्टले नै संगीत भरेका छन्। भने कमल सौरागको संगीत संयोजन छ।विक्रम चौहानले निर्देशन गरेको गीतको भिडियोमा सृष्टि खड्का, सुरज मल्ल र कैलाश कठायतले अभिनय गरेका छन्।

गीत प्रेम कथामा आधारित छ। डेउडा शैली भएकोले कतियले गीत नबुझे पनि रमाउँदै टिकटक बनाएका छन्। तिहारको अवसरमा देउसीभैलोको रुपमा घन्किएसँगै गीतले थप चर्चा पाएको गायक भट्टले सामाजिक सञ्जालमा बताएका छन्। उनका अनुसार एक सातामै लाखौं टिकटकरले उक्त गीतको टुक्कामा भिडियो बनाएका छन्। युट्युबमा पनि गीतले छ लाखभन्दा बढी भ्युज बटुलेको छ।

को हुन विष्नु भट्ट ?
डोटीमा जन्मिएका विष्नु भट्ट हाल काठमाण्डौं बस्दै आएका छन । संगितमै स्नातक गरेका भट्ट विगत डेढ दशकदेखि प्रत्यक्ष गीत संगितमा सकृय छन । उनी काठमाण्डौंमा अध्यापन िपनि गरिरहेका छन । भट्ट आफै गीत सिर्जना गर्छन भने आफै संगित भरेर स्वरपनि भर्छन । उनका बम्बैको लाहुरे,झुम्की,मै लाहुरे,सुन माया,खेलौं डेउडा चैतली,चिलगाडी,छुटुनुपर्छ कसो गरु,पासो भै पिरती,रुपको जादु,हलचल लगायत दर्जनौं गीत सार्वजनिक भएका छन । कम हल्ला गर्ने तर उत्कृष्ट सिर्जना गरेर गीत संगितप्रेमीहरुको मनमुटुमा बस्नु विष्नुको आफ्नै मौलिक विशेषता हो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply