You are currently viewing BIG BREAKING अन्ततः घण्टी बजाएर रबिले दिए गिरफ्तारी,सीआईबीका एसपी होविन्द्र बोगटीले रविलाई पाखुरामा समातेर लगे

BIG BREAKING अन्ततः घण्टी बजाएर रबिले दिए गिरफ्तारी,सीआईबीका एसपी होविन्द्र बोगटीले रविलाई पाखुरामा समातेर लगे

कार्तिक २ काठमाण्डौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । उनलाई पार्टी कार्यालय बनस्थलीबाट केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले पक्राउ गरेको हो । रविलाई पक्राउ गर्न सीआईबीका एसपी हविन्द्र बोगटी ठूलो दलबलसहित रास्वपा कार्यालय पुगेका थिए । कार्यालय परिसरमा रास्वपा कार्यकर्ताको बाक्लो उपस्थिति भए पनि उनीहरुले कुनै अवरोध गरेनन् ।

रास्वपा नेताहरुले प्रहरीलाई असहयोग नगर्न आग्रह गरेका छन् । लामिछानेलाई स्थलमार्गबाट आजै कास्की लगिने छ । रास्वपाका केही नेता कार्यकर्ताहरु प्रहरीको गाडी सँगसँगै कास्की जाने तयारीमा छन् । पक्राउपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष रवि लामिछानेलाई प्रहरीले गर्दै गर्दा पार्टी कार्यलयमा कार्यकर्ताले नारावाजी गरेका छन् । पक्राउ पर्नुअघि रविले कार्यकर्ता र सञ्चारकर्मी सानो छोटो सम्बोधन गरेका थिए । उनले आफूले कुनै पनि अपराध नगरेको तर राजनीतिक प्रतिसोध साध्न खोजिएको बताए । न्यायिक प्रक्रियामा सघाउने प्रतिवद्धता उनले व्यक्त गरे ।

Leave a Reply