You are currently viewing #Breaking करन केसीको आक्रामक अर्धशतकमा नेपालले स्कटल्याण्टलाइ १ विकेटले हरायो /@WCL-2 /NPLvsSCO

#Breaking करन केसीको आक्रामक अर्धशतकमा नेपालले स्कटल्याण्टलाइ १ विकेटले हरायो /@WCL-2 /NPLvsSCO

जेठ १९,धनगढी : आईसीसी क्रिकेट विश्वकप लिग-२ क्रिकेटअन्तर्गत स्कटल्याण्ड विरुद्ध खेलिरहेको नेपालले स्कटल्याण्टलाई १ विकेटको रोमाञ्चक जित निकालेको छ । फोर्थहिलमा स्कटल्याण्टले दिएको २९७ रनको लक्ष्य नेपालले अन्तिम एक बल बाँकी हुँदा पूरा गरेको हो । आजको जितसँगै नेपालले लिग टु मा २ महत्वपूर्ण अंक पनि जोडेको छ ।

नेपालको जितमा करन केसी नायक बने  । नेपाललाई अन्तिम दुई ओभरमा २५ रनको आवश्यकता थियो । करणले १९ औं ओभरमा साफयान सरिफलाई १ छक्का र २ चौकासहित १८ रन प्रहार गरेपछि नेपाललाई अन्तिम ओभरमा जितका लागि ७ रनको आवश्यकता थियो । तर सन्दीप लामिछाने अन्तिम ओभरको पहिलो बलमा आउट भए । त्यसको अर्को बल वाइड भएको थियो ।

त्यसपछि आएका रिजन ढकालले तेस्रो बलमा १ रन जोडर करणलाई स्ट्राइक दिए । करणले चौथो र पाँचौ बलमा २–२ रन जोडेका थिए । अन्तिम बलमा वाइड भएपछि नेपालले ठूलो लक्ष्य पछ्याउन सफल भयो । प्लेयर अफ द म्याच  चुनिएका करणले आक्रामक अर्धशतक प्रहार गरे  । उनले ४१ बलको सामना गर्दै  ४ छक्का र ३ चौकाको मद्दतले ६६ रनको अविश्वनिय अविजित पारी खेले । लिग २ का १३ खेलमा नेपालको यो केवल तेस्रो विजय हो ।

ओपनिङ जोडी कुशल भुर्तेल र आसिफ शेखले नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए । कुशल र आसिफले १२ ओभरमा ७२ रन जोडेका थिए । जेस्पर डेभिडसनले १२ औं ओभरको अन्तिम बलमा आसिफलाई विकेटको पछाडि क्याच गराई यो साझेदारी तोडेका थिए । आसिफले ३३ बल खेलि २ चौका प्रहार गरि २० रन बनाए ।

त्यसको ४ बलपछि कुशल पनि आउट भए । ४१ बलमा अर्धशतक पुरा गरेका कुशलले ४४ बलमा कुल ५३ रन बनाए । उनले ११ चौका प्रहार गरे । भीम सार्की र कप्तान रोहित पौडेलले तेस्रो विकेटमा ७४ रन जोडेर नेपाली इनिङ्स ताने । यी दुबैलाई ब्रान्डन म्याकमुलेनले १० बलको अन्तरमा आउट गरे । भीम ४८ बल खेलि ३ चौका प्रहार गरि ४० रनमा आउट भए । रोहितले ५६ बल खेल्दै १ चौका प्रहार गरी ३७ रन बनाए । म्याकमुलेनले आफ्नो अन्तिम ओभरमा दीपेन्द्रसिंह ऐरीलाई पनि ८ रनमा आउट गरे । उनले १० ओभरमा २ मेडन राख्दै ४७ रन खर्चेर ३ विकेट लिए । सोमपाल कामीले पनि १ रनमात्र बनाउन सके । गुलशन झा र करण केसीले ३७ बलमा अर्धशतकीय साझेदारी गरी नेपाललाई आशा देखाएका थिए । यी दुईले ४४ बलमा कुल ५४ रनको साझेदारी गरे । गुलशन ३० बल खेलि समान ३ चौका र छक्का प्रहार गरि ४२ रनमा आउट भए ।

यसअघि नेपालले टस जितेर ब्याटिङको निम्ता गरेपछि स्कटल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाई २ सय ९६ रन बनाएको थियो । चार्ली टिएर र फिन्ले म्याकक्रिएथले अर्धशतक बनाएपछि स्कटल्यान्डले नेपालले विशाल लक्ष्य तेर्स्याएको थियो । खेलको पहिलो ओभरमै जर्ज मुन्सीले रिजन ढकाललाई २ चौकासहित १२ रन प्रहार गरे । उनै रिजनले आफ्ना दोस्रो तथा खेलको तेस्रो ओभरमा मुन्सीलाई आउट गरे । रिजनको बलमा टप एज लागेपछि थर्डमा सोमपालले सुन्दर क्याच लिए । सोमपालले ब्रान्डेन म्याकमुलेनलाई १९ रनमा आउट गरि नेपाललाई दोस्रो सफलता दिलाए ।

टिएर र कप्तान रिची बेरिङटनले तेस्रो विकेटमा ८० बलमा ७९ रनको साझेदारी गरेपछि स्कटल्यान्ड मजबुत स्कोरतर्फ अग्रसर भयो । टिएरले ८० रन जोड्दै एकदिवसीय अन्तराष्ट्रियमा आफ्नो उच्च स्कोर बनाए । उनले ७२ बल खेलि १२ चौका र रिजनलाई १ छक्का प्रहार गरे । भेट्रान बेरिङटनले ४६ बल खेलि ३ चौका र २ छक्का प्रहार गरि ४० रन बनाए । करणले लगातार २ ओभरमा टिएर र बेरिङटनलाई विकेटको पछाडि क्याच गराए । म्याथ्यु क्रस र फिन्ले म्याकक्रिएथले पाँचौं विकेटमा ७८ रनको अर्को महत्वपूर्ण साझेदारी गरे । क्रसले ५६ बल खेलि ३ चौका प्रहार गरी सन्दीप लामिछानेको बलमा आउट भए । म्याकक्रिएथले ६७ बल खेलि ३ चौका र १ छक्का प्रहार गर्दै ५५ रन बनाए ।करण, सोमपाल र रिजनले २–२ विकेट लिए । करणले १० ओभरमा १ मेडन राख्दै ४३ र सोमपालले १० ओभरमा ६६ रन खर्चे । तर रिजनले १० ओभरमा ७८ रन दिन पुगे ।

स्कटल्यान्ड १६ खेलमा २० अंक जोडि चौथो स्थानमा छ र टोली शीर्ष स्थानको अमेरिकाभन्दा ६ अंकले मात्र पछाडि छ । अमेरिकाको तुलनामा स्कटल्यान्डले ४ खेल कम खेलेको छ । नेपाल १२ खेलमा ६ अंकमात्र जोडि पुछारमा रहेको छ । ८ राष्ट्र सहभागि प्रतियोगिताको शीर्ष चार टोली २०२७ को विश्वकप छनोटमा पुग्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply