You are currently viewing Breaking पेनाल्टीमा भारतलाई हराउँदै नेपाल साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा

Breaking पेनाल्टीमा भारतलाई हराउँदै नेपाल साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा

कार्तिक ११ धनगढी : साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ । दशरथ रंगशालामा आईतबार भारतलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै नेपाल फाईनल पुगेको हो । नेपालले पेनाल्टी सुटआउटमा भारतलाई ४-२ ले पराजित गर्यो ।नेपालका लागि वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेकी गोलकिपर अन्जना राना मगरले उत्कृष्ट प्रर्दशन गरेपछि नेपालको जित सहज बनेको हो ।

Nepal After win the match vs India

रेफ्रीको गलत निर्णयका कारण खेलको दोस्रो हाफ पूर्णत तनावग्रस्त बन्यो । करिब एक घण्टा रोकिएको खेलमा अन्तत नेपालले जित हासिल गरेको हो ।नेपालको जितमा सावित्रा भण्डारीले नायकत्व प्रर्दशन गरिन् । उनले नेपालका लागि बराबरी गोल गर्नुका साथै १० खेलाडीमा सिमित टिमको तर्फबाट विपक्षीलाई पुरा दबाबमा राखिन् । अर्की फरवार्ड रेखा पौडेल दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएपछि नेपाल १० खेलाडीमा सिमित बनेको थियो ।

Leave a Reply