You are currently viewing Breaking / यु -१९ विश्वकप एशिया छनोटको आयोजना नेपालले गर्ने

Breaking / यु -१९ विश्वकप एशिया छनोटको आयोजना नेपालले गर्ने

काठमाडौं । नेपालले आइसिसी यु-१९ पुरुष विश्वकप एशिया छनोट २०२५ आयोजना गर्ने भएको छ। नेपाल क्रिकेट संघले आज आफ्नो आधिकारीक फेसबुक पेज मार्फत यु १९ विश्वकप एशिया छनोटको आयोजना नेपालले गर्ने जनाएको हो ।


प्रतियोगिता अप्रिल १२ देखि २१ सम्म हुने तय छ। छनोटमा आयोजक नेपालसँगै अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) सहभागी हुनेछन्। प्रतियोगिताको विजेताले २०२६ मा आयोजना हुने आईसीसी यु-१९ पुरुष क्रिकेट विश्वकपमा स्थान बनाउने छन्।त्यस्तै नेपाल र बंग्लादेशले सन २०२६ मा यु १९ महिला विश्वकपको संयुक्त रुपमा आयोजना गर्नेछन् ।

Leave a Reply