You are currently viewing Breaking : स्पट फिक्सिङको आरोप लागेका क्रिकेटर मोहम्मद आदिल आलमको प्रतिबन्ध फुकुवा,अब कसरी जोडिन्छन राष्ट्रिय टिमसँग ?

Breaking : स्पट फिक्सिङको आरोप लागेका क्रिकेटर मोहम्मद आदिल आलमको प्रतिबन्ध फुकुवा,अब कसरी जोडिन्छन राष्ट्रिय टिमसँग ?

वैशाख २२,धनगढी : नेपाली क्रिकेटर मोहमद आदिल आलममाथिको प्रतिबन्ध हटाइएको छ । नेपाल क्रिकेट संघ ( क्यान) ले सोमबार जारी गरेको विज्ञप्तिमा आलममाथिको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागितामाथि लगाइएको प्रतिबन्ध फुकुवा गरिएको जानकारी दिएको हो ।

 

२०७९ साल पुसमा सम्पन्न नेपाल टी–२० लिगका क्रममा स्पट फिक्सिङको आरोप लागेपछि क्यानले आदिललाई प्रतियोगिताबाट निलम्बन गरेको थियो । क्यानको इन्टिग्रिटी युनिटले आवश्यक अनुसन्धान गरी तयार पारेको प्रतिवेदनका आधारमा प्रतिबन्ध फुकुवा गरिएको विज्ञप्तिमा उल्लेख छ । आक्रामक शैलीका अलराउण्डर आलमले राष्ट्रिय टोलीमा प्रवेश गरेको छोटो समयमै प्रभाव छोडेका थिए ।

वर्तमान समयमा नेपाली राष्ट्रिय टिमलाई मुख्य प्रशिक्षक स्टर्ट ल ले सम्हालिरहेका छन । एक हप्ता कोर क्याम्पमा व्यस्त रहेका खेलाडीहरुबाट क्यानले २५ जनाको नाम सार्वजनिक गरेको छ । अब आलम कसरी राष्ट्रिय टिमसँग पुग्नेछन त्यो भने हेर्न बाँकी रहेको छ ।

Leave a Reply