You are currently viewing #BreakingNews/ ६५ लाख धरौटी माग गर्दै रवि लामिछानेलाई रिहा गर्न आदेश / @RabiLamichhane

#BreakingNews/ ६५ लाख धरौटी माग गर्दै रवि लामिछानेलाई रिहा गर्न आदेश / @RabiLamichhane

पौष २५,धनगढी :रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गरिदिन आदेश भएको छ । उनलाई ६५ लाख धरौटी राखेर रिहा गरिदिन कास्की जिल्ला अदालतले आदेश दिएको हो । कास्की जिल्ला अदालतले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

न्यायाधीश नीतिज राईको इजलासले यस्तो आदेश दिएको हो । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कात्तिक २ गते काठमाडौंस्थित रास्वपाको कार्यालयबाट पक्राउ परेका लामिछाने अहिलेसम्म कास्की प्रहरीको हिरासतमा थिए ।उनलाई सम्पत्ति शुद्धीकरण, संगठित अपराध र सहकारी ठगी प्रकरणमा अभियुक्त बनाउँदै मुद्दा दायर भएको थियो ।

आदेशपछि पनि रिहा हुने छैनन् रवि लामिछाने !

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने थुनामुक्तको आदेश भए पनि कास्कीमा धरौटी बुझाएलगत्तै प्रहरीले काठमाडौं ल्याउने तयारी गरेको छ । बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको एकल इजलासले लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।

कास्कीबाहेक काठमाडौं, चितवन, रूपन्देही र पर्सामा समेत उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले उनलाई प्रहरीले काठमाडौं ल्याउने तयारी गरेको हो । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुद्दा काठमाडौं अदालतमा पुगेको छ ।काठमाडौं प्रहरीले कास्कीको प्रक्रिया पूरा हुनासाथ हस्तान्तरण गर्न भन्दै पत्र लेखेकाले कास्कीमा धरौटी बुझाएलगत्तै लामिछानेलाई काठमाडौं ल्याइनेछ ।

Leave a Reply