धनगढीको फाप्लामा जारी अन्तरविद्यालय CCS+2 धनगढी प्याब्सन क्रिकेट प्रतियोगितामामा क्वाटर फाइनल समीकरण पूरा भएको छ । मंगलबार सम्पन्न क्वाटरफाइनलबाट सेमिफाइनल पुग्ने चार टोलीको टुंगो लागेको हो ।

प्रतियोगिताको पहिलो सेमिफाइनलमा स्टेपिङ स्टोन स्कुल धनगढी विरुद्ध एलाइन्स इन्टरनेसन स्कुल भिड्ने भएका छन् । मंगलबार सम्पन्न पहिलो क्वाटर फाइनलमा समुह बी को विजेता स्टेपिङ स्टोन स्कुलले समुह ए को विजेता ऐश्वर्य विद्या निकेतनलाई पराजित गर्दै सेमिफाइनलको टिकट पक्का गरेको हो भने तेस्रो क्वाटरफाइनलमा एलाइन्सले इन्टरनेसनल स्कुलले मयुर बोर्डिङ स्कुलाई पराजित गर्दै सेमिफाइनलको लागि स्थान पक्का गर्यो ।

त्यस्तै दोश्रो सेमिफाइनल विद्या भुषण पब्लिक स्कुल गेटाका विरुद्ध एरिस्टो बोर्डिङ स्कुल क्याम्पस रोड भिड्ने भएका छन् । क्वाटरफाइनलमा विद्या भुषण पब्लिक स्कुल गेटाले वेस्टन क्रिस्टक एकेडेमी धनगढीलाई पराजित गर्दै सेमिफाइनलको लागि स्थान पक्का गरेको हो भने एरिस्टो बोर्डिङ स्कुलले थ्रीस्टारलाई पराजित गर्दै सेमिफाइनलको टिकट पक्का गरेको हो । सेमिफाइनलका खेलहरु बुधबार बिहान ९ बजेबाट सुरु हुने आयोजकले जनाएको छ ।

धनगढी नगर प्याब्सनको आयोजना र ccs+2 स्कुलको मुख्य प्रायोजनमा जारी उक्त अन्तरविद्यालय क्रिकेट प्रतियोगितामा धनगढीका २४ विद्यालयका टिम सहभागी थिए । मंसिर १० गतेबाट शुरु भएको प्रतियोगिता मंसिर १८ गते एक भव्य समारोहका बिच सम्पन्न हुने धनगढी नगर प्याब्सनका कोषाध्यक्ष योगेन्द्र बहादुर सिंहले जानकारी दिए । प्रतियोगिताको विजेता टिमले नगद ५१ हजार १ सय ५१ , उपविजेता टिमले नगद २५ हजार ५ सय २५ र विधागत रूपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुले पनि नगद सहित ट्रफी प्राप्त गर्ने धनगढी नगर प्याब्सनका अध्यक्ष ध्रुव बहादुर सिंहले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?