कार्तिक १७,धनगढी: नेपालले हङकङ सिक्सेसको दोश्रो खेलमा अष्टेलियालाई ११२ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर ब्याटिङ गर्न उत्रिएको नेपालले पूरा ६ ओभर ब्याटिङ गर्दे २ विकेट गुमाएर १११ रन बनाएको हो । नेपालका लागि कप्तान संदिप जोरा पुनःआत्ररामक अर्धशतक प्रहार गरे । जोराले १६ बलमा ५१ रन बनाउँदै हङकङ सिक्सेसको नियमअनुसार रिटार्यड भए । त्यस्तै लोकेश बमले ३३ तथा विवेक यादव र रसिद खानले समान १२ / १२ रन बनाए । नारायण जोशी १ रनमा अविजित रहे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?