चैत्र २३,धनगढी : दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग क्रिकेटमा अपराजित यात्रा कायमै राखेको छ । शनिबार भएको खेलमा चेन्नई सुपर किङ्सलाई २५ हराउँदै दिल्लीले लगातार तेस्रो जित निकालेको हो । दिल्लीले दिएको १८४ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १५८ रन मात्र बनायो । विजय शंकरले अर्धशतक बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । उनी ६९ रनमा अविजित रहे । एमएस धोनी २५ रनमा अविजित रहे । दिल्लीका लागि विपराज निगमले ४ ओभरमा २७ रन दिएर २ विकेट लिए । मिचेल स्टार्क, मुकेश कुमार र कुलदीप यादवले १/१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ६ विकेट गुमाएर १८३ रन बनाएको थियो । ओपनर केएल राहुलले सर्वाधिक ७७ रन बनाएका थिए । ५१ बल खेलेका उनले ६ चौका र ३ छक्का प्रहार गरे । अभिषेक पोरेलले ३३ रन बनाउँदा ट्रिस्टन स्टब्स २४ रनमा अविजित रहे । चेन्नईका खलील अहमदले ४ ओभरमा २५ रन दिएर २ विकेट लिए । रविन्द्र जडेजा, नूर अहमद र मथिसा पथिरानाले १/१ विकेट लिए । यस जितसँगै ३ खेलमा ६ अंक जोडेको दिल्ली अंकतालिकाको
शीर्षस्थानमा उक्लिएको छ भने चेन्नई ४ खेलमा २ अंक मात्र जोड्दै आठौं स्थानमा छ ।