You are currently viewing IPL : रोमाञ्चक खेलमा कोलकाता विरुद्ध लखनउको जित

IPL : रोमाञ्चक खेलमा कोलकाता विरुद्ध लखनउको जित

चैत्र २६,धनगढी : लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा तेस्रो जित निकालेको छ । तेस्रो जित दर्ता गर्नेक्रममा लखनउले मंगलबार कोलकाता नाइट राइडर्सलाई ४ रनले हरायो ।कोलकाताले भने तेस्रो हार व्यहोयों । लखनउले दिएको २ सय ३९ रनको लक्ष्य पछ्याएको उसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ३४ रन बनायो । उसका लागि कप्तान अजिंक्य राहाणेले ६१, वेंकटेश अय्यरले ४५, रिंकु सिंहले अविजित ३८, सुनिल नारायणले ३०, क्विन्टन डिककले १५ तथा हर्षित रानाले अविजित १० रन जोडे ।

लखनउका लागि आकाश दीप र शार्दुल ठाकुरले सर्वाधिक दुईरदुई विकेट लिए । त्यसअघि कोलकातास्थित इडेन गार्डेनमा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २ सय ३८ रन बनायो ।उसका लागि निकोलस पूरन र मिचेल मार्शले सानदार ब्याटिङ गरे । पूरनले ३६ बलमा ८ छक्का र ७ चौकासहित अविजित ८७ तथा मार्शले ४८ बलमा ६ चौका र ५ छक्कासहित ८१ रनको पारी खेलेका हुन् ।यस्तै, ओपनर एडन मार्कमले २८ बलमा चार चौका र दुई छक्काको सहयोगमा ४७ रन बनाए । कोलकाताका लागि हर्षित राणाले दुई र आन्द्रे रसेलले एक विकेट लिए ।

यो जितपछि लखनउ अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । उसले चार म्याच खेल्दा तीनमा जित र दुई खेलमा हार व्यहोरेको छ । छैटौँ स्थानमा रहेको कोलकाताले ५ खेल खेल्दा तीनमा हार तथा दुई खेलमा जित निकालेको छ ।

Leave a Reply