You are currently viewing IPL2025 : मुम्बई आइपिएलको शीर्ष स्थानमा उक्लिदा राजस्थानको प्लेअफ यात्रा समाप्त

IPL2025 : मुम्बई आइपिएलको शीर्ष स्थानमा उक्लिदा राजस्थानको प्लेअफ यात्रा समाप्त

वैशाख १९,धनगढी : इण्डियन प्रिमियर लिग २०२५ मा मुम्बई इण्डियन्सले सातौं जित निकालेको छ । सातौं जित दर्ता गर्नेक्रममा मुम्बईले बिहीबार राति सम्पन्न खेलमा राजस्थान रोयल्सलाई १ सय रनले हरायो ।राजस्थानले भने आठौँ हार बेहोर्‍यो । मुम्बईले दिएको २ सय १८ रनको लक्ष्य पछ्याएको राजस्थान १६.१ ओभरमा ११७ रनमै अलआउट भयो । उसका लागि जोफ्रा आर्चरले ३०, कप्तान रियान परागले १६, शुभम दुबेले १५, यशस्वी जैसवालले १३ तथा ध्रुव जुरेलले ११ रन जोडे ।

Photo : MI

मुम्बईका लागि ट्रेन्ट बोल्ट र कर्ण शर्माले तीनरतीन, जसप्रित बुमराहले दुई तथा कप्तान हार्दिक पाण्ड्या र दीपक चाहरले एकरएक विकेट लिए । त्यसअघि जयपुरस्थित सवाई मानसिंह स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय १८ रन बनायो । उसका लागि ओपनर रयान रिकेलटन र रोहित शर्माले अर्धशतकीय पारी खेले ।रिकेलटनले ३८ बलमा ७ चौका र ३ छक्कासहित ६१ तथा रोहितले ३६ बलमा ९ चौकासहित ५३ रनको पारी खेलेका हुन् ।

PHOTO : MI

यस्तै, कप्तान हार्दिक पाण्ड्या र सूर्यकुमार यादवले समान २३ बलमा अविजित ४८/ ४८ रन बनाए । राजस्थानका लागि महीश थिक्क्षणा र रियान परागले मात्र एकरएक विकेट लिए । यो जितपछि मुम्बई अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसले १० म्याच खेल्दासम्म सातमा जित र तीन खेलमा मात्र हार व्यहोरेको छ । मुम्बईसँगको हारपछि राजस्थानको प्लेअफ यात्रा समाप्त भएको छ । उसले ११ म्याच खेल्दासम्म आठमा हार तथा तीन खेलमा मात्र जित निकालेको छ ।

Leave a Reply