You are currently viewing IPL2025 : लखनउका कप्तान ऋषभ पन्तले २४ लाख जरिवाना तिर्नुपर्ने /@RishabPant

IPL2025 : लखनउका कप्तान ऋषभ पन्तले २४ लाख जरिवाना तिर्नुपर्ने /@RishabPant

वैशाख १४,धनगढी : भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआइ) ले स्लो ओभर रेटिङका कारण लखनउ सुपर जायन्ट्सका कप्तान ऋषभ पन्तलाई २४ लाख भारतीय रुपैयाँ जरिवाना लगाएको छ । इन्डियन प्रिमियर लिगमा आइतबार मुम्बई इन्डियन्सविरुद्ध लखनउले ५४ रनको हार व्यहोरेको थियो । उक्त खेलमा लखनउले निर्धारित समयमा २० ओभर बलिङ गर्न सकेको थिएन ।

Photo : BCCI

जारी सिजनमा लखनउको यो दोस्रो गल्ती भएकाले ऋषभलाई २४ लाख जरिवाना गरिएको हो बिसिसीआइले जनाएको छ ।यसैगरी बिसिसीआइले इम्प्याक्ट प्लेयरसहित सुरुआती ११ मा रहेका खेलाडीलाई पनि म्याच फिको २५ प्रतिशत जरिवाना लगाएको छ ।

यो सिजन स्लो ओभर रेटिङका कारण जरिवाना गरिएको यो आठौ घटना हो । यसअघि राजस्थान रोयल्सलाई दुई तथा रोयल च्यालेन्जर्स बेङ्लुरु, मुम्बई इन्डियन्स, दिल्ली क्यापिटल्स र गुजरात टाइटन्सलाई समान एक पटक जरिवाना गरिएको थियो ।

Leave a Reply