मंसिर १८,काठमाण्डौं : नेपाल प्रिमियर लिगमा दोश्रो खेल खेरिरहेको चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १६२ रनको लक्ष्य दिएको छ । टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले ७ विकेट गुमाएर १६१ रन बनायो । चितवनका लागि रवि भुपाराले अर्धशतक प्रहार गरे । ३८ बल खेलेका भुपाराले ३ चौका र ३ छक्का प्रहार गरे । यस्तै कप्तान कुशल मल्लले २३ बल खेल्दै १ चौका र ४ छक्काको मद्दतले ३८ रन बनाए ।
लुक बेन्केन्सटेइनले १६ र हसन इसाखिलले १४ रन बनाए । अमर सिंह रौतेला १३ तथा शरद भेषावकर ११ रनमा अविजित रहे । पोखराका लागि बास डे लिड्डा,बिपिन खत्री र रेमन रिफेरले समान ३ ३ तथा सागर ढकालले १ विकेट लिए ।