You are currently viewing Nepal Premier League 2024 : सुदूरपश्चिम रोयल्सको वियजी शुरुवात/ @SudurpaschimRoyals vs @BiratnagarKings

Nepal Premier League 2024 : सुदूरपश्चिम रोयल्सको वियजी शुरुवात/ @SudurpaschimRoyals vs @BiratnagarKings

मंसिर १८,काठमाण्डौं: नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सले आफ्नो पहिलो खेलमै शानदार जीत दर्ता गरेको छ । पहिलो जीत निकाल्ने क्रममा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई ९० रनले पराजित गरेको छ । जारी प्रतियोगीतमा सुदूरपश्चिम रोयल्सको पहिलो खेलमा पहिलो जीत निकालेको छ भने विराटनगर किंग्सको यो लागातार दोश्रो हार हो । १८३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा विराटनगर किंग्स १६.१ ओभरमा मात्र ९२ रन बनाउँदै अलआउट भयो । विराटनगर किंग्सका लागि बसिर अहमदले २४ तथा राजेश पुलामी मगरले १५ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले सम्झनलायक प्रदर्शन गर्न सकेनन । सुदूरपश्चिम रोयल्सका लागि अबिनास बोहरा तथा स्कॉट कुगेलाइनले समान ३ / ३ विकेट लिए भने ब्रैंडन मक्मलेन,सैफ़ ज़ईब र इशान पाण्डेयले समान १ / १ विकेट लिए ।


त्यसअघि काठमाण्डौंको टियु मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले ७ विकेटको क्षतिमा जारी एनपिएलमा सबैभन्दा बढी १८२ रनको योगफल बनाएको हो । कप्तान दीपेन्द्रसिंह ऐरीले आक्रामक अर्धशतक प्रहार गर्ने क्रममा अविजित ५७, रन बनाए र उनले मात्रै २४ बलको सामना गर्दै ३ चौका र ५ छक्काको मद्दतले ५७ रन बनाएका हुन । त्यस्तै ब्रान्डनले ३६, बिनोद भण्डारीले २३, इशान पाण्डेले २१, सैफ जैबले १४, स्कटले १० रन बनाए । विराटनगरका अनिल खरेलले तीन, क्रिस सोले, इस्मत अलाम र बसिर अहमेदले एकरएक विकेट लिए । जारी प्रतियोगीतामा विराटनगर किंग्सले पहिलो खेलमा जनकपुर बोल्टसँग पराजय भोगेको छ भने सुदूरपश्चिम रोयल्सको यो पहिलो खेल हो ।

Leave a Reply