You are currently viewing @NPL : कर्णाली विरुद्ध सनसनीपूर्ण जीत निकाल्दै जनकपुर फाइनलमा
Photo : Action Sports Hd

@NPL : कर्णाली विरुद्ध सनसनीपूर्ण जीत निकाल्दै जनकपुर फाइनलमा

पौष ४,धनगढी : नेपाल प्रिमियर लिगको दोश्रो क्वालिफायर खेलमा कर्णाली याक्सलाई २ विकेटको शनसनीपूर्ण जीत निकाल्दै जनकपुर बोल्टस फाइनलमा प्रवेश गरेको छ । आजको खेल जितेसँगै जनकपुर बोल्टसले सुदूरपश्चम रोयल्ससँग पुनँ एकपटक भेट पक्का गरेको हो । कर्णाली याक्सले दिएको ११९ रनको लक्ष्य जनकपुर बोल्टसले १९ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो ।

सुदूरपश्चिमले क्वालिफायर १ मा जनकपुरलाई आठ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरिसकेको छ। यो खेलमा हार बेहोरेसँगै जनकपुरले फाइनलमा भिड्न अर्को अवसर पाएको थियो। उक्त अवसरलाई जनकपुरले सदुपयोग गर्न सफल भयो। कर्णालीले भने इलिमिनेटरमा चितवन राइनोजलाई २१ रनले पराजित गर्दै जनकपुरसँगको भेट पक्का गरेको थियो। यो भेट कर्णालीले सुखद् बनाउन सकेन। कर्णालीले दिएको ११९ रनको लक्ष्य जनकपुरले अन्तिम ६ बल अगाडि नै आठ विकेट गुमाउँदै पूरा गरेको हो।लिगचरणमा चितवनविरुद्ध १८ बलमै शतक प्रहार गर्दै कीर्तिमान बनाएका न्युजिल्यान्डका ब्याटर जिमी निसमले कर्णालीविरुद्ध आक्रामक ब्याटिङ गर्दै जनकपुरलाई जितनजिक पुर्‍याएका हुन्।

उनी एक समय आफ्नै कीर्तिमान भंग गर्ने स्थितिमा पुगिसकेका थिए। तर, १६ बलमा दुई चौका र पाँच छक्कासहित ४५ रन बनाइसकेको अवस्थामा १६ वर्षीय दायाँ हाते स्पिनर विपिन शर्माले १५.३ ओभरमा बोल्ड गरे। सोही ओभरको अन्तिम बलमा उनले फिनिसर मोहम्मद मोहसिनलाई पनि एक रनमै एलबिडब्यु आउट गराएपछि कर्णालीले खेलमा पुनरागमन गर्ने संकेत देखाएको थियो। तर, पूरा हुन सकेन।त्यसअघि जनकपुरका कुनै पनि ब्याटरले राम्रो प्रदर्शन देखाउन सकेनन्। ओपनर शुभ कंशाकार तीन, कप्तान आसिफ शेख चार, लाहिरु मिलान्था दुई, आकाश त्रिपाठी १३ र हर्ष ठाकर १७ रनमा आउट भए। तर, तल्लोक्रममा शेर मल्ले अविजित १६ रनको योगदान दिँदै जनकपुरलाई फाइनल पुर्‍याए।

९६–७ को स्थितिबाट जितका निम्ति २३ रन आवश्यक हुँदा आठौँ विकेटका निम्ति शेर मल्ल र मयन यादवले १९ रनको साझेदारी गर्दै जनकपुरलाई जित नजिक पुर्‍याएका थिए । तर, १९औँ ओभरको चौथो बलमा दुई रन लिन खोज्दा मयन रनआउट भएपछि खेल पुनः ‘थ्रिलर’ मोडमा पुगेको थियो । जतिबेला जनकपुरलाई जितका निम्ति आठ बलमा चार रनको आवश्यकता थियो । तर, मयन आउट भएपछि पनि नन्दन यादवले गरेको उक्त ओभरको पाँचौँ र छैटौँ बलमा शेर मल्लले समान दुई रन लिएपछि जनकपुरले रोमाञ्चक जित पक्का गरेको हो ।

निसम स्कोरबोर्डमा ४१–४ को स्थितिमा ब्याटिङका निम्ति आएका थिए । उनले ५८–५ को स्थितिबाट छैटौँ विकेटका निम्ति मयन यादवसँग ३८ रनको साझेदारी गरेका थिए । जनकपुरले दोस्रो ओभरको तेस्रो ओभरमा पहिलो विकेट गुमायो । जनकपुरका ओपनर सुवास कंशाकारलाई विपीन शर्माले कप्तान सोमपाल कामीबाट क्याच गराए । उनले तीन रन जोडे । जतिबेला जनकपुरको स्कोरबोर्डमा नै रनमात्रै थियो । स्कोरबोर्डमा नौ रन नै हुँदा जनकपुरले अर्का ओपनर आसिफ शेखलाई पनि गुमायो । आसिफलाई तेस्रो ओभरको तेस्रो बलमा कप्तान सोमपाल कामीले मयन यादवबाट क्याच गराए । आसिफले चार रनमात्रै बनाए । पाँचौँ ओभरको दोस्रो बलमा जनकपुरले लहिरु मिलान्थालाई गुमायो । मिलान्थालाई विलियम बोसिस्टोले मयनबाटै क्याच गराए । मिलान्थाले पनि दुई रनमात्र बनाउन सके ।

जनकपुरले चौथो विकेट १०औँ ओभरको अन्तिम बलमा गुमायो । जनकपुरका आकाश त्रिपाठीलाई जिसान मक्सुदले विकेटकिपर चान्डविक वाल्टनबाट क्याच गराए । आकाशले १३ रन बनाए । पाँचौँ विकेट जनकपुरले १२औँ ओभरको अन्तिम ओभरमा गुमायो । जनकपुरका हर्ष थाकेरलाई जिसान मक्सुद र बोसिस्टोले रनआउट गरे । थाकेरले १७ रन थपे । जनकपुरले सातौँ विकेट १६औँ ओभरको अन्तिम बलमा गुमायो । जनकपुरका मोहमद मोहसिनलाई विपीन शर्माले एलबीडब्लूको धरापमा पारे ।कर्णालीका विपीन शर्माले तीन विकेट लिए । चार ओभर बलिङ गरेका विपीनले १७ रनमात्र खर्चिए । कप्तान सोमपाल कामी, विलियम बोसिस्टो र जिसान मक्सुदले समान एक विकेट हात पारे ।

त्यसअघि कर्णालीका अलराउन्डर गुल्सन झाले सर्वाधिक ३५ रन बनाए । १७औँ ओभरको पहिलो बलमा मोहमद मोहसिनबाट बोल्ट हुनुअघि गुल्सनले २० बलमा एक चौका र दुई छक्का प्रहार गरे ।ओपनर देव खनालले २० बलमा तीन चौका र एक छक्कासहित २४ रन जोडे । देवलाई छैटौँ ओभरको पहिलो बलमा जिम्मी निसमले आकाश त्रिपाठीबाट क्याच गराए । यसबाहेक, विलियम बोसिस्टोले १५ बलमा एक चौकासहित १४ रन बनाए । जिसान मक्सुदले ११ बलमा दुई चौकासहित १२ र चान्डविक वाल्टनले १३ बलमा एक चौकासहित ११ रन थपे ।कर्णालीविरुद्ध जनकपुरका ललितनारायण राजवंशी, मोहमद मोहसिन र जिम्मी निसमले समान दुई विकेट लिए । चार ओभर बलिङ गरेका ललितले २२ रन खर्चिए । चार ओभर नै बलिङ गरेका मोहसिनले एक मेडन फ्याँक्दै १४ रनमात्र खर्चिए । यसबाहेक, हर्ष थाकेर र शेर मल्लले समान एक विकेट लिए ।

प्रतियोगितामा लिग चरणबाट दोस्रो स्थानमा रहँदै प्लेअफमा आएको जनकपुर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग आठ विकेटले पराजित भएको थियो । लिग चरणबाट चौथो स्थानमा रहँदै प्लेअफमा आएको कर्णालीले भने इलिमिनेटरमा चितवन राइनोजविरुद्ध २१ रनको जित निकाल्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो ।जितसँगै फाइनलमा स्थान बनाएको जनकपुरले अब उपाधिका निम्ति सुदूरपश्चिम रोयल्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको फाइनल खेल शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमै हुने तालिका छ ।

Leave a Reply