मंसिर ३०,धनगढी : नेपाल प्रिमियर लिगको लिग चरणका खेलहरु सकिदै गर्दा प्रतियोगीता रोमाञ्चकारी बनिरहेको छ । केहिबेर अगाडी विराटनगर किंगसमाथि १ विकेटको रोमाञचक जित हात पारेपछि काठमान्डु गुर्खाजले प्लेअफ पुग्ने झिनो सम्भावना बाँकी राखेको छ । यसअघि नै सुदूरपश्चिम रोयल्स,जनकपुर बोल्टस,र चितवन राइनोज प्लेअफमा पुगिसकेका छन ।
लिगको अन्तिम खेल जितेपछि काठमान्डुले ७ खेलबाट ८ अंक जोडेर पाँचौ स्थानमा छ ।अब सोमबार कर्णाली याक्स सुदूरपश्चिमसँग फराकिलो अन्तरले पराजित भएमा मात्र काठमान्डु शीर्ष चारमा पर्ने सम्भावना हुनेछ । काठमान्डुले अब लिगको अन्तिम खेलको नतिजा कुर्नुपर्नेछ । अब सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जरर्स र कर्णाली याक्ससँग एक एक खेल खेल्न बाँकी छ ।