You are currently viewing @NPL : जनकपुर बोल्ट्सले लुम्बिनी लायन्ससामू १३७  रनको लक्ष्य

@NPL : जनकपुर बोल्ट्सले लुम्बिनी लायन्ससामू १३७  रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्ससामू १३७  रनको लक्ष्य प्रस्तुत गरेको छकीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा  ९ विकेट गुमाउँदै १३६ रनको योगफल तयार पर्यो ।जनकपुरका लागि कप्तान अनिलकुमार साहले ४५, लाहिरु मिलन्थाले २४, शुभ कंसाकारले अविजित २२ र आसिफ शेखले १६ रन बनाए ।

लुम्बिनीका लागि अभिशेष गौतमले तीन, साद बिन जफर र कप्तान रोहितकुमार पौडेलले समान द्ई तथा सन्दीप जोराले उब विकेट लिए ।दुवै टोली आफ्नो चौथो खेल खेल्दैछन् । जनकपुर आफ्नो विजयी यात्रा कायम राख्ने लक्ष्यमा रहँदा लुम्बिनी पहिलो जितको खोजिमा छ ।लुम्बिनी विराटनगर किंग्सविरुद्ध दुई र पोखरा एभेन्जर्ससँग १० विकेट तथा सुदूरपश्चिम रोयल्ससँग ४५ रनले पराजित भएको थियो ।यसअघि जनकपुरले विराटनगर किंग्स र कर्णाली याक्सलाई समान आठ तथा पोखराविरुद्ध सात विकेटको जित निकालेको थियो ।

Leave a Reply