You are currently viewing @NPL : पोखरा एभेन्जर्सविरुद्ध सहज जीत निकालेसँगै काठमाडौं गुर्खाजको प्लेअफ सम्भावना बलियो

@NPL : पोखरा एभेन्जर्सविरुद्ध सहज जीत निकालेसँगै काठमाडौं गुर्खाजको प्लेअफ सम्भावना बलियो

मंसिर २९,धनगढी : पोखरा एभेन्जर्सविरुद्ध ६ विकेटको सहज जित निकाल्दै काठमाडौं गुर्खाजले नेपाल प्रिमियर लिग को प्लेअफ सम्भावनालाई बलियो बनाएको छ ।जितसँगै काठमाडौंले ६ खेलमा आठ अंक जोडेको छ । पराजित पोखराको समान खेलबाट चार अंक छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले प्रस्तुत गरेको १३९ रनको लक्ष्य काठमाडौंले १४।१ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो ।

पोखराका लागि स्टेफन स्किनाजीले ६०, माइकल लेभिटले ३२, जेरार्ड इरास्मसले अविजित २५ र भीम सार्कीले २२ रन बनाए । काठमाडौंका लागि विपिन खत्रीले तीन र माइकल लिस्कले एक विकेट लिए । छैटौं ओभरको तेस्रो बलमा विपिन खत्रीले माइकल लेभिटलाई विकेटकिपर आन्द्रेस गौसबाट स्ट्याम्पिङ गराए उनले १८ बलमा ६ चौका र एक छक्काको मद्दतले ३२ रन बनाए । भीम सार्की १२औं ओभरको चौथो बलमा पेभेलियन फर्किए । २० बलमा समान एक चौका र छक्काको मद्दतले २२ रन बनाएका उनलाई माइकल लिस्कले गौसबाट क्याच गराए । स्टेफन स्किनाजी १३औं ओभरको पहिलो बलमा ६० रन बनाएर पेभेलियन फर्किए । ३४ बलमा १० चौका प्रहार गरेका उनलाई विपिनले एलबिडब्ल्युको धरापमा पारे । सोही ओभरको अन्तिम बलमा कप्तान करण केसीलाई विपिनले गौसबाट स्ट्याम्पिङ गराए । उनले एक रनमात्रै बनाउ सके ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३८ रनको योगफल तयार पार्यो । पोखराका लागि रामोन रिफले ३० बलमा तीन छक्का र एक चौकाको मद्दतले अविजित ४१, दिनेश खरेलले ३८ र दिलिप नाथले २७ रन बनाए । काठमाडौंका लागि रासिद खान र कप्तान करण केसीले समान तीन तथा जेरार्ड इरास्मस र माइकल लेभिटले समाए एक विकेट लिए । जेरार्ड इरास्मसले दोस्रो ओभरको पहिलो बलमा ओपनर आन्द्रेस गौसलाई रनको खाता पनि खोल्न नदिइ माइकल लेभिटबाट क्याच गराए । छैटौं ओभरको अन्तिम बलमा रासिद खानले अर्का ओपनर दिनेश खरेललाई पेभेलियनको बाटो देखाए । एलबिडब्ल्युको धरापमा पर्नुअघि उनले २५ बलमा ६ चौका र एक छक्काको मद्दतले ३८ रन बनाए । कप्तान कुशल भुर्लेल आठौं ओभरको दोस्रो बलमा पेभेलियन फर्किए । सात रन बनाएर खेलिरहेका उनलाई रासिदले बोल्ड गरे ।

माइकल लेभिटले १२औं ओभरको पाँचौं बलमा आठ रन बनाएर खेलिरहेका आकर्षित गोमिललाई एलबिडब्ल्युको धरापमा पारे । रासिदले १६औं ओभरको चौथो बलमा दिलिप नाथलाई आफ्नो तेस्रो शिकार बनाए । २४ बलमा दुई छक्काको मद्दतले २७ रन बनाएका उनी बोल्ड भए ।करण केसीले १७औं ओभरको पहिलो बलमा एक रन बनाएर खेलिरहेका माइकल लिस्कलाई एलबिडब्ल्युको धरापमा पारे । लगत्तैको बलमा नारायण जोशी रनको खाता पनि खोल्न नपाइ रासिदबाट क्याच भए । करणले १९औं ओभरको तेस्रो बलमा विपिन खत्रीलाई व्यक्तिगत एक रनमा लेभिटबाट क्याच गराए ।

Leave a Reply