You are currently viewing @NPL : फाइनल पुग्न कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्सले पहिले फिल्डिङ गर्दै

@NPL : फाइनल पुग्न कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्सले पहिले फिल्डिङ गर्दै

पौष ४,धनगढी : नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायरमा कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्सले पहिले फिल्डिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका निम्ति भएको टस जितेर जनकपुरका कप्तान आसिफ शेखले फिल्डिङको निर्णय लिँदै कर्णालीलाई ब्याटिङमा निम्त्याएका हुन् ।

जनकपुरको टिममा आज पनि नियमित कप्तान अनिल साह छैनन् । काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल०को क्वालिफायरमा कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्सले पहिले फिल्डिङ गर्ने भएको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका निम्ति भएको टस जितेर जनकपुरका कप्तान आसिफ शेखले फिल्डिङको निर्णय लिँदै कर्णालीलाई ब्याटिङमा निम्त्याएका हुन् । जनकपुरको टिममा आज पनि नियमित कप्तान अनिल साह छैनन् । प्रतियोगितामा जनकपुर लिग चरणको दोस्रो स्थानमा रहँदै प्लेअफमा आएको हो । तर, पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग हार व्यहोरेपछि जनकपुरले दोस्रो क्वालिफायर खेल्नुपर्ने भएको हो ।

आजको खेलमा जित निकाल्ने टिमले उपाधिका निम्ति आउँदो शनिबार सुदूरपश्चिम रोयल्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । यसअघि, सुदूरपश्चिमले पहिलो प्लेअफमा जनकपुरलाई आठ विकेटले निराश बनाउँदै फाइनल यात्रा तय गरेको थियो ।लिग चरणबाट चौथो स्थानमा रहँदै प्लेअफमा आएको कर्णालीले भने इलिमिनेटरमा चितवन राइनोजविरुद्ध २१ रनको जित निकाल्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply