You are currently viewing NPL : युएईका रोहन मुस्ताफा सुदूरपश्चिम रोयल्सबाट खेल्ने / Rohan Mustafa / Sudurpaschim Royals

NPL : युएईका रोहन मुस्ताफा सुदूरपश्चिम रोयल्सबाट खेल्ने / Rohan Mustafa / Sudurpaschim Royals

कार्तिक २०,धनगढी: नेपाल प्रिमियरका लागि सुदूरपश्चिम रोयल्स चौथो विदेशी खेलाडीको रुपमा थप एकजनाकोे नाम घोषणा गरेको छ । मंगलबार सामाजिक सञ्जाल मार्फत सुदूरपश्चिम रोयल्स युएईका अलराउण्डर रोहन मुस्ताफालाई टिममा अनुबन्ध गरेको जानकारी गराएको हो । ३६ वर्षिय मुस्ताफाले ५८ टि२० आइमा एक हजार ५ रन र ८१ एकदिवसिय खेलमा एक हजार पाँच सय चार रन बनाएका छन । सन २०१४ देखि निरन्तर युएईबाट खेल्दै आएका मुस्तफाले बलिङ तर्फ एकदिवसिय खेलमा ८१ तथा टि२० आइमा ६१ विकेट लिएका छन । धनगढी प्रिमियर लिगमा टिम चौराहबाट खेलेका मुस्ताफा नेपालमा पनि उत्तिकै लोकप्रिय छन ।

यसअघि सुदूरपश्चिम रोयल्सले स्कटल्याण्डका अलराउन्डर ब्रान्डन मक्मलेन र इङ्ग्ल्यान्डका अलराउन्डर सेफ जेबलाई टोलीमा अनुबन्ध गरिसकेको छ । तेस्रो विदेशी खेलाडीको रुपमा सुदूरपश्चिमले न्युजिल्याण्डका तीव्रगतिका बलर स्कट कुगेलेइनलाई अनुबन्ध गरेको थियो । सुदूरपश्चिम रोयल्सले यसअघि अस्ट्रेलियाका विश्वकप विजेता पूर्व क्रिकेटर ब्राड हजलाई आफ्नो प्रमुख मेन्टर नियुक्त गरिसकेको छ भने टोलीको मार्की खेलाडी सुदूरपश्मि कै दीपेन्द्र सिंह ऐरी र मुख्य प्रशिक्षकमा जगत टमाटा छन ्। मंसिर १६ गते देखि एनपिएल सुरु हुने एनपिएलमा ८ टिमको सहभागीता रहेको छ । सहभागी ८ टोलीले समान ४ विदेशी खेलाडी अनुबन्ध गर्न पाउने प्रावधान छ ।

सुदूरपश्चिम रोयल्सको अहिलेसम्मको टिम :

दीपेन्द्र सिंह ऐरी ( मार्की खेलाडी )
आरिफ शेख, अभिनास बोहोरा, विनोद भण्डारी , अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद ,अमित श्रेष्ठ,
विदेशाी खेलाडी :ब्रान्डन मक्मलेन, सेफ जेब, स्कट कुगेलेइन र रोहन मुस्ताफा
मुख्य प्रशिक्षक : जगत टमाटा
प्रमुख मेन्टर : ब्राड हज ( अस्ट्रेलिया )
टिम मालिक : स्वतन्त्र प्रताप शाह
सिइयो : प्रकाश खड्का

 

Leave a Reply