You are currently viewing @NPL / लगातार तेश्रो जितको निकाल्ने दाउँमा सुदूरपश्चिम रोयल्स,लुम्बिनीलाई दियो १८८ रनको लक्ष्य

@NPL / लगातार तेश्रो जितको निकाल्ने दाउँमा सुदूरपश्चिम रोयल्स,लुम्बिनीलाई दियो १८८ रनको लक्ष्य

मंसिर २२,धनगढी :काठमाण्डौमा जारी पहिलो संस्करणको नेपाल प्रिमियर लिगमा लगातार तेश्रो जितका लागि सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १८८ रनको लक्ष्य पेश गरेको छ । टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८७ रन बनाएको छ । सुदूरपश्चिम रोयल्सका लागि ओपनर जैबले ६१ बल खेल्दै ६ चौका र ५ छक्का मदतमा सर्वाधिक ९० रन बनाए । शतकतर्फ अग्रसर भएका जैब १८औं ओभरको चौथो बलमा आउट भए । उनले पहिलो विकेटका लागि विनोद भण्डारीसँग ४९ रनको साझेदारी गरेका थिए भने त्यसपछि दुई अर्धशतकिय साझेदारी गरे ।

जैब र ब्राण्डन म्याकमुलेनले दोस्रो विकेटका लागि ५७ रनको साझेदारी गरे । यस्तै तेस्रो विकेटका लागि जैब र कप्तान दीपेन्द्र सिंह ऐरीले ५३ रनको साझेदारी गरे । म्याकमुलेनले २० बलमा २३ तथा विनोदले १३ बलमा १७ रन जोडे । आरिफ शेख खाता नखोली आउट भए । जारी एनपिएलमा तेश्रो खेल खेलिरहेका दुवै टोली मध्ये सुदूरपश्चिम रोयल्सले लगातार दुवै खेलमा जीत् निकाल्दै अंक तालिकाको दोश्रो स्थानमा रहेको छ भने लुम्बिनी लायन्सले दुइ खेलमा लगातार हार व्यहोरेको छ ।

Leave a Reply