You are currently viewing @NPL : लुम्बिनी लायन्सले चितवन राइनोजलाई दियो १६८ रनको लक्ष्य

@NPL : लुम्बिनी लायन्सले चितवन राइनोजलाई दियो १६८ रनको लक्ष्य

मंसिर २५,धनगढी : कप्तान रोहितकुमार पौडेल र साद बिन जफरको शतकीय साझेदारीप्रेरित लुम्बिनी लायन्सले चितवन राइनोजविरुद्ध १६८ रनको लक्ष्य प्रस्तुत गरेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको लुम्बिनीले निर्धारित २० ओभर ६ विकेट गुमाएर १६७ रन बनाएको हो ।

लुम्बिनी लायन्सका लागि कप्तान रोहित कुमार पौडेलले ५७ बलको सामना गर्दै ५ छक्का र ६ छक्काको मद्दतले ८० रनको पारी खेले भने स्याड बिन जाफररे ५२ रन बनाए । चितवन राइनोजका लागि रिजन ढकालले ३ विकेट लिए । जारी प्रतियोगीतामा पाँचौं खेल खेलिरहेको लुम्बिनी लायन्स जितबिहिन छ भने चितवन राइनोजले ३ मा जीत र १ मा हार व्यहोरेको छ ।

Leave a Reply