मंसिर ३०,धनगढी : काठमाण्डौंमा जारी नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ । निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै सुदूरपश्चिमले १५३ रन बनाएको छ । सुदूरपश्चिम रोयल्सका लागि आरिफ शेखले सर्वाधिक ४२ रनको अविजित पारी खेले । त्यस्तै त्यस्तै ब्रेडन म्याक्मलेनले २३,कप्तान दिपेन्द्र सिंह ऐरीले २०,विनोद भण्डारीले १४ तथा हर्मित सिंहले १३रन बनाए । पोखरा एभेन्जसका लागि कप्तान कुशल भुर्तेलले २ विकेट लिए ।

@NPL : सुदूरपश्चिम रोयल्सले पोखरालाई दियो १५४ रनको लक्ष्य
- Post author:समर्पण संवाददाता
- Post published:२०८१ मंसिर ३० गते, आईतवार
- Post category:खेलकुद / प्रदेश / समाचार
- Post comments:0 Comments