असार १५,धनगढी : नेपाल प्रिमियर लिग ९एनपिएल० को टोली पोखरा एभेन्जर्सले दोस्रो संस्करणका लागि रिटेन गरिएका खेलाडीको सूची सार्वजनिक गरेको छ । पोखराले आइतबार सामाजिक संजालमार्फत रिटेन खेलाडीको जानकारी दिएको हो । हालसम्म अन्य टोलीले ६ खेलाडी रिटेन गरेपनि पोखराले ७ खेलाडी रिटेन गरेको छ ।
पोखराले मार्की र कप्तान कुशल भुर्तेललाई रिटेनको पहिलो नम्बरमा राखेको छ । रिटेन हुने अन्य खेलाडीमा दिनेश खरेल, सागर ढकाल, किरण ठगुन्ना, तृतराज दास, आकाश चन्द र विपिन खत्री रहेका छन् ।
काठमाडौं गोर्खाज, लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स र चितवन राइनोजले पनि रिटेन र रिलिज खेलाडीको सुची यसअघि नै सार्वजनिक गरिसकेको छ। नेपाल क्रिकेट संघ ९क्यान०ले आगामी अगस्टमा एनपिएलको मिनी अक्सन गर्ने तयारी गरेको छ ।
नेपाल क्रिकेट संघ क्यानको आयोजनामा गतवर्षदेखि सुरु भएको नेपाल प्रिमिय लिग (एनपिएल) ले पहिलो संस्करणमै वाहिवाही कमाएको थियो । ठूला नाम भएका विदेशी खेलाडी,विश्वप्रसिद्ध स्पोर्टस च्यानल स्टार स्पोर्टसबाट प्रत्यक्ष प्रसारण,लोकप्रिय कमेण्टेटर,झकिझकाउ टियु मैदान लगायतका आकर्षणले एनपिएलको पहिलो संकरण नै शानदार भएको थियो । क्यानले दोश्रो संकरणको एनपिएलको छिट्टै घोषणाको तयारी पनि थालेको छ ।