मंसिर १९,काठमाण्डौं : काठमाण्डौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले काठमाण्डु गुर्खाजलाई दियो १५० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ५ विकेट गुमाएर १४९ रन बनायो । कर्णाली याक्सका लागि शिखर धवनले अर्धशतक प्रहार गरे । सुरुवातमा एकदम सुस्त खेलेका धवनले अत्यतिर भने आक्रामक क्रिकेट खेले । उनलले ५१ बल खेल्दै ४ चौका र ५ छक्का मद्दतमा अविजित ७२ रन जोडे । सुरुवातमै ओपनर देव खनाल गुमाएको कर्णालीको इनिङ्स धवनले नै सम्हालेका थिए । धवनले छैटौं विकेटका लागि जिसान मक्सुदसँग अविजित ६५ रनको साझेदारी गरे । मक्सुदले ११ बल खेल्दै १ चौका मदतमा अविजित १४ रन जोडे । कर्णालीका लागि चाडविक वाल्टनले २१, बाबा रहायतले १३ र गुल्सन झा ले २ रन जोडे । अर्जुन घर्ती ४ रनमा आउट भए भने ओपनर देव खनालले खाता खोल्न सकेनन् ।
बलिङमा काठमाडौंका जेरार्ड एरासमसले २ तथा करण केसी, नाथन सोटर र दिपेश कँडेलले १-१ विकेट लिए । प्रतियोगीतामा समान दुई खेल खेलिरहेका कर्णाली याक्स र काठमाण्डु गुर्खाजलाइ अंकतालिमा खाता खोल्न आजको खेल जित्नैपर्नेछ । कर्णाली पहिलो खेलमा जनकपुर बोल्टस तथा काठमाण्डु चितवनसँग पराजित भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?