भलिबल खेलाडी कविता भट्टले शुक्रवार पल्सर स्पोर्ट्स अवार्ड २०८० अन्तर्गत वर्ष पिपल्स च्वाइस अवार्ड जितेकी छिन्।उनले ५६ प्रतिशत मत सहित अवार्ड जितेकी हुन्। राष्ट्रिय भलिबल खेलाडी कविता नेपाल काभा महिला नेसन्स लिग २०२४ मा नेपाल दोस्रो हुँदा र काभा महिला भलिबल च्यालेन्ज कप २०२३ मा तेस्रो हुँदा टोलीको सदस्य थिइन् ।
घरेलु प्रतियोगितामा उनको प्रदर्शन अब्बल रहेको थियो। उनले पल्सर मोटरसाइकल प्राप्त गरिन्। मतका आधारमा १९ प्रतिशत मतसहित कबड्डीकी मानमती बिष्ट दोस्रो, १६ प्रतिशत सहित फुटबलकी प्रिती राई तेस्रो तथा क्रिकेटका गुल्सन झा र रग्बीका श्रीराम चौथो भए।खेल पत्रकार , राष्ट्रिय प्रशिक्षक र दर्शकको भोटको आधारमा यो विधाको विजेता चयन भएको हो। ईसेवाको मतभार ५० प्रतिशत रहेको थियो। त्यसैगरी, सामाजिक सञ्जाल (फेसबुक लाइक) को मतभार २५ प्रतिशत, राष्ट्रिय प्रशिक्षकको मतभार १२ दशमलब ५ प्रतिशत र खेलपत्रकारको मतभार १२ दशमलब ५ प्रतिशत रहेको थियो।