चैत्र २३,धनगढी : साबिक विजेता ललितपुर सिटी एफसी र उपवजिता धनगढी एफसीले नेपाल सुपर लिग ( एनएसएल)बराबरी खेलेका छन्।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा यी दुई टोलीले गोलरहित बराबरी खेलेका हुन्।
पहिलो हाफ गोल रहित बराबरी खेलेका यी दुई टोलीले दोश्रो हाफ पनि गोलरहित बराबरीमै टुंग्याए । प्रतियोगीतामा तेश्रो खेलेको खेलेको ललितपुर सिटी एफसी एकमा जीत र २ खेलमा बराबरी गरी ५ अंक जोडेर अंकतालिकाको दोश्रो स्थानमा रहेको छ भने दुई खेल खेलको धनगढी एकमा जीत र एकमा बराबरी खेल्दै ३ अंक जोडेर अंक तालिकाको तेश्रो स्थानमा रहेको छ ।