वैशाख १३,धनगढी : पोखरा थन्डर्सविरुद्ध २-१ को रोमाञ्च जित निकाल्दै ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) को उपाधि रक्षा गरेको छ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न फाइनलमा ललितपुरलाई जित दिलाउन इमो इजिकेल र पापा इबु केबेले गोल गरे । पोखराका लागि सुदील राईले गोल फर्काए ।

Final match between Lalitpur City FC and Pokhara Thunders FC at Dasharath Stadium in Kathmandu on Saturday 26.April.2025.
Photo: Udipt Singh Chhetry/USC Images Production
खेलको ४२औं मिनेटमा इजिकेलको गोलमार्फत ललितपुरले अग्रता लिएको थियो । मनोज राईको क्रसलाई पोखराका गोलकिपर प्रिसोले पन्च गर्न खोजे पनि सफल नहुँदा इजिकेलले हेडमार्फत गोल गरे । सुदीलले ६४औं मिनेटमा पोखराका लागि बराबरी गरे । पदम भट्टराईको क्रसमा स्पेटफन बिनोङको हेडरलाई ललितपुरका गोलकिपर जेफ्री बाल्टसले बचाए पनि रिबाउन्डलाई सुदीलले जाली चुमाए । केबेले गोल गर्दा ललितपुर २-१ ले अगाडि बढ्यो । उनले इजिकेलको क्रसलाई नियन्त्रणमा लिँदै पोस्टको दिशा दिए ।