You are currently viewing PM CUP 2081/ रितु कनौजियाले उत्कृष्ट ब्याटिङ गर्दा सुदूरपश्चिमले बाग्मतीलाई दियो प्रतिस्पार्धात्मक लक्ष्य

PM CUP 2081/ रितु कनौजियाले उत्कृष्ट ब्याटिङ गर्दा सुदूरपश्चिमले बाग्मतीलाई दियो प्रतिस्पार्धात्मक लक्ष्य

माघ ११,धनगढी : धनगढीको फाप्लामा जारी प्रधानमन्त्री कप राष्ट्रिय टि२० क्रिकेट प्रतियोगीताको सुपर फोर चरण अन्तरगतको चौथो खेलमा सुदूरपश्चिम प्रदेशले बाग्मती प्रदेशलाई विरुद्ध ११३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११२ रन बनाएको छ । सुदूरपश्चिमका लागि अनुभवी खेलाडी रितु कनौजियाले ३४ रनको अविजित पारी खेलिन । त्यस्तै मनिसा बोहराले १६ तथा कविता कुँवरले १३ रन बनाइन । अन्य ब्याटरले राम्रो खेल्न सकेनन ।

Photo : Can

बाग्मतीका लागि सोनु खड्का र मनिषा उपाध्यायले समान तीन तीन विकेट लिइन भने विपिशा शाहीले १ विकेट लिइन । फाइनल प्रवेशका लागि दुर्व टिमलाई आजको खेल जित्नैपर्ने दवाब छ ।

आजै केहिबेर अगाडी सकिएको सुपर फोरको तेश्रो खेलमा विभागिय टोली एपिएफले अर्को विभागिय टोली आर्मीले ६९ रनले पराजित गर्दै ४ अंकका साथ फाइनल पुगिसकेको छ ।

Leave a Reply