You are currently viewing PM CUP FINAL : फाइनलमा एपिएफको कसिलो बलिङ,सुदूरपश्चिम १९ औं ओभरमा अल आउट

PM CUP FINAL : फाइनलमा एपिएफको कसिलो बलिङ,सुदूरपश्चिम १९ औं ओभरमा अल आउट

माघ १२,धनगढी : धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि२० क्रिकेट प्रतियोगीताको फाइनल खेलमा घरेलु टोली सुदूरपश्चिमले खराब ब्याटिङ गरेको छ ।

सुदूरपश्चिमले १८.१ ओभरमा अलआउट हुँदै ६७ रन बनाएको छ । सुदूरपश्चिमका लागि मनिषा बोहराले अविजित १८ तथा कप्तान बिन्दु रावलले १७ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोर अंकको रन बनाउनु सकेनन । कसिलो बलिङ गरेको एपिएफले ६८ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ ।

एपिएफका लागि कविता जोशीले ३ विकेट चट्काइन । त्यस्तै सबनम राई र कप्तान इन्दु बर्माले समान दुई दुई विकेट लिइन । करुण भण्डारीको नाममा १ विकेट रह्यो ।

Leave a Reply