चैत्र ११,धनगढी : लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप एकदिवसिय पुरुष क्रिकेट प्रतियोगीतामा आज पनि ती खेल हुँदैछन । दाङको लमहीमा बाग्मती प्रदेश विरुद्ध कर्णाली प्रदेश टस जितेर पहिला ब्याटिङ गरिरहेको छ । प्रतियोगीतामा ७ खेल खेलेको कर्णाली ४ मा जीत ३ मा हार गरी ८ अंकका साथ अंक तालिकाको चौथो नम्बरमा छ भने समान खेल खेलेको बाग्मती ३ मा जीत ४ मा हार सहित ६ अंक जोडेर अंक तालिकाको छैटौं स्थानमा रहेको छ ।
सिद्धार्थनगरमा गण्डकी प्रदेश विरुद्ध मधेश प्रदेशले टस जितेर पहिला ब्याटिङ गरिरहेको छ । प्रतियोगीतमा ६ खेल खेलेको मधेश २ मा जीत ४ मा हरसहित ४ अंक जोडेर अंक तालिकाको आठौं स्थानमा छ घने आठ खेल खेलेको गण्डकीले मात्र १ खेल जित्दै अंक तालिकाको पुछारमा छ ।
एस्टाटेक ओभल मैदानमा एपिएफ विरुद्ध टस जित्दै लुम्बिनी प्रदेशले पहिला ब्याटिङ गरिरहेको छ । प्रतियोगीतामा ७ खेल खेलको एपिएफ ५ मा जीत र २ मा हार गरी १० अंक जोडेर अंक तालिकाको तेश्रो स्थानमा रहेको छ भने आठ खेल खेलेको लुम्बिनी ४ मा जीत र ४ मा हार गरी आठ अंक जोडेर अंक तालिकाको पाँचौं नम्बरमा रहेको छ ।
शीर्ष ४ भित्र रहि रहन कर्णाली,बाग्मती र लुम्बिनी बीच कडा प्रतिस्पर्धा भैरहेको छ । १० टोली सहभागी प्रतियोगीतमा अंक तालिकाको शीर्ष स्थानमा रहने दुई टोली उपाधिका लागि भिड्नेछन ।