माघ २,धनगढी : प्रधानमन्त्री कप टी-२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले लगातार दोस्रो जित दर्ता गरेको छ। दोस्रो जित दर्ता गर्ने क्रममा सुदूरपश्चिमले आज लुम्बिनी प्रदेशमाथि ७५ रनको जित गर्ता गर्यो । यसअघि पहिलो खेलमा गण्डकी प्रदेशलाई ७ विकेटले हराउदै विजयी सुरूवात गरेको थियो ।
सुदूरपश्चिमले दिएको १२८ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.१ ओभरमा ५२ रनमा समेटियो। जसमा सरस्वती पुनले १४ र सरस्वती जिएमले १२ रन बनाइन्। सुदूरका रेवती धामीले ३, आशिका महराले २,रितु कनौजिया, कविता कुँवर,जानकी थापा,करिश्मा थापाले १/ १ विकेट लिइन् ।
यसअघि फाप्ला मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरले निर्धारित ओभरमा ६ विकेट गुमाएर १२७ रन बनायो। सुदूरका लागि कविता कुँवरले ३३ बलमा ८ चौका प्रहार गर्दै ५५ रनको अर्धशतकीय पारि खेलिन् । यसैगरी मनिसा बोहोराले २३ रन बनाउँदा रितु कनौजियाले १८ रनको नट आउट रहिन्। लुम्बिनीका लागि सरस्वती पुनले ३ विकेट लिइन् । मधु डिसी र सम्झना मगरले एक एक विकेट लिए। सुदूरपश्चिमकि कविता कुँवर प्लेयर अफ द म्याच चुनिइन्।