You are currently viewing SEE परीक्षामा धनगढीको किङ्गफिसर ई.बो.स्कुलले ल्यायो शत प्रतिशत नतिजा

SEE परीक्षामा धनगढीको किङ्गफिसर ई.बो.स्कुलले ल्यायो शत प्रतिशत नतिजा

असार १५,धनगढी : धनगढी उपमहानगरपालिका वडा न.१३ कैलाली गाउँमा रहेको किङ्गफिसर ई.बो.स्कुलले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा शत प्रतिशत नतिजा ल्याएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार यसपटक एसइइ परीक्षामा सहभागी २७ जना विद्यार्थी मध्ये २७ जना नै उत्तिर्ण भएको व्यहोरा विद्यालयले सामाजिक सञ्जाल मार्फत जानकारी गराएको छ । विद्यालयकी छात्रा तनुशा भण्डारीले ३.९६ जिपिए ल्याउँदै आफ्नो ब्याच टप गरेकी हुन ।

२७ जना विद्यार्थी मध्ये ८ जना ए प्लस,१२ जना ए र ७ जना बी ग्रेड प्राप्त गरी शत प्रतिशत नतिजा आएको विद्यालयका संस्थापक प्रिन्सिपल विमल भण्डारीले जानकारी गराए । २०६५ सालमा स्थापना भएको किङ्गफिसर ई.बो.स्कुलमा हाल आठ सय विद्यार्थी अध्ययनरत रहेको विद्यालयका संस्थापक प्रिन्सिपल भण्डारीले बताए ।

 

Leave a Reply