वैशाख २०,धनगढी : सुदुरपश्चिम प्रदेशस्तरीय गायन तथा नृत्य रियालिटि शो एसईई आईडल सिजन ४ को सेमिफाईनल सम्पन्न भएको छ । आज शनिबार धनगढीको होटल पौवामा सम्पन्न सेमिफाइलको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपती डा.टि.एन.जोशीले उद्धाटन गरेका हुन् ।
एसईई दिनेविद्यार्थीलाई उनीहरुमा भएको कलालाई उजागर गर्न यो प्रतियोगिता विगत चारवर्षदेखि थालिएको छ । गायन र नृत्य गरी दुई विधाको शो सुदूरपश्चिमका विभिन्न जिल्लाका स्कुलहरुमा अडिसन लिईएको थियो । त्यसै मार्फत् अडिशन राउण्ड पार गरेका प्रतिशप्रधिहरुलाई आगामी राउण्डमा लैजान यो राउण्ड गरिएको छ । दुबै विधाका उत्कृष्ट गरी १५–१५ जनालाई फाईनलमा प्रवेश गरिएको छ । यो राउण्डको नतिजा सार्वजनिक भने जेठ १ गते गरिने आयोजकले बताएको छ ।
कार्यक्रममा नाष्ट कलेजका प्रबन्ध निर्देशक शिवहरी मुडभरी,एसपिए क्याम्पसका प्रमुख योगराज गौतम,एलायन्स ईन्टरनेशनल स्कुलका अध्यक्ष उत्तम भण्डारी,चैतन्य शिक्षक अभिभावकसंघका अध्यक्ष ईश्वर गिरी,समाजिक अभियन्ता भरतबिक्रम शाह,सिजी ग्रुपका सुदुरपश्चिम प्रदेश प्रमुख नेत्र अर्याल लगायतका व्यक्तित्वहरु लगायत विभिन्न विद्यालयका विद्यार्थी,शिक्षक र अभिभावकहरुको पनि उपस्थिती रहेको थियो ।
सेमिफाईनल फिजिकल भोटिंग मार्फत पनि गरिएको थियो । यस्तै एसईई दिएका विद्यार्थी र कक्षा १२ को परिक्षा दिएका विद्यार्थीहरुले निशुल्क नमस्तेको सिम पनि प्राप्त गरेका थिए । कार्यक्रमको मुख्य प्रायोजक वाईवाई चाउचाउ,सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान,रेडिकल,नेपाल टेलिकमको रहेको थियो भने विभिन्न सञ्चार माध्यम लगायत अन्य संस्थाहरुको पनि सहयोग रहेको थियो ।