You are currently viewing प्रदर्शनपछि खाली रहेका प्रहरी कार्यालयहरुमा प्रहरीहरु फर्कन थाले

प्रदर्शनपछि खाली रहेका प्रहरी कार्यालयहरुमा प्रहरीहरु फर्कन थाले

  • Post category:समाचार
  • Post comments:0 Comments

२७भाद्र,धनगढीः जेनजीको आन्दोलनपछि खाली भएका काठमाण्डौ उपत्यकाभित्रका प्रहरी वृत्तबाट काम हुन थालेको छ । सम्पर्क विच्छेद भएका सबै प्रहरी कर्मचारी सम्पर्कमा आएलगत्तै वृत्तबाट सेवा शुरु भएको नेपाल प्रहरीले जनाएको छ । फर्किएका प्रहरीहरु कार्यालयको सरसफाइमा केन्द्रित रहेका हुन् ।


काठमाण्डौ उपत्यकाका तीन वटा जिल्लामा १७ वटा वृत्त रहेका छन् । जसको नेतृत्व प्रहरी नायब उपरीक्षक (डीएसपी) ले सम्हाल्दै आएका छन् । आन्दोलनका क्रममा काठमाण्डौ उपत्यकाका सबै वृत्त कार्यालयमा आगजनी र तोडफोड भएका थिए ।


सबै प्रहरी वृत्तका सुरक्षाकर्मी सम्पर्कमा आएलगत्तै प्रहरीहरु काममा खटिएका हुन् । ललितपुरको भैँसेपाटीका बासिन्दाले तोडफोडमा परेको त्यहाँको प्रहरी चौकी सरसफाई गरी प्रहरीलाई बस्नका लागि आमन्त्रण गरेका थिए । उनीहरुले प्रहरीलाई फूलमाला लगाएर स्वागत पनि गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

Leave a Reply