साहित्यकार पूर्णबहादुर मल्ल चैतन्य कला–संस्कृति उत्सवमा सम्मानित

शिक्षण, साहित्य तथा गजल सिर्जनाका क्षेत्रमा लामो समयदेखि योगदान पु¥याउँदै आएका शिक्षासेवी तथा साहित्यकार पूर्णबहादुर मल्ल सम्मानित भएका छन् । धनगढी उपमहानगरपालिका–५, शिवनगरस्थित चैतन्य पाठशालाले आयोजना गरेको ‘चैतन्य कला–संस्कृति उत्सव–२०८३’ अन्तर्गत मल्ललाई सम्मान गरिएको हो ।

शिक्षा, संस्कार, साहित्य र सिर्जनशीलतालाई प्राथमिकता दिँदै आयोजना गरिएको उत्सवका अवसरमा मल्लले शिक्षण तथा साहित्यिक क्षेत्रमा पु¥याएको योगदानको उच्च कदर गर्दै सम्मानपत्र प्रदान गरिएको पाठशालाले जनाएको छ ।

मल्ल विगत ३१ वर्षदेखि शिक्षण पेसामा समर्पित रहँदै समाजमा शैक्षिक चेतना फैलाउन सक्रिय छन् । शिक्षालाई ज्ञान, संस्कार, सिर्जना र व्यक्तित्व विकासको महत्त्वपूर्ण आधारका रूपमा आत्मसात् गर्दै आएका उनले शिक्षा क्षेत्रमा मात्रै नभई साहित्यिक सिर्जनामार्फत समेत आफ्नो विशिष्ट पहिचान स्थापित गरेका छन् ।

विशेषगरी “बझाङी भाषामा गजल लेखन र प्रस्तुतिका माध्यमबाट मल्ल अन्तर्राष्ट्रिय जगतमा समेत परिचित छन्”। स्थानीय भाषा, मौलिक संस्कृति र जनजीवनका भावनालाई गजलमार्फत अभिव्यक्त गर्दै आएका उनले बझाङी भाषाको साहित्यिक पहिचान विस्तारमा महत्त्वपूर्ण योगदान पु¥याउँदै आएका छन् । उनका गजलमा स्थानीय समाज, भाषा, संस्कृति, जीवनका अनुभूति र मानवीय संवेदनाले स्थान पाउने गरेका छन् ।

मातृभाषामा साहित्य सिर्जना गर्नुका साथै त्यसलाई प्रस्तुतिमार्फत व्यापक पाठक तथा श्रोतासमक्ष पु¥याउने मल्लको प्रयासले स्थानीय भाषाको संरक्षण, प्रवद्र्धन र प्रचारप्रसारमा समेत योगदान पु¥याएको र बझाङी भाषामा गजल लेखन र वाचनलाई आफ्नो सिर्जनात्मक यात्राको महत्त्वपूर्ण माध्यम बनाएका मल्लले स्थानीय भाषाको साहित्यलाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउन भूमिका निर्वाह गर्दै आएको चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले बताए ।

बझाङको केदारस्युँ गाउँपालिका–रायल निवासी मल्लले आफ्नो जीवनको लामो समय शिक्षा र साहित्यमा समर्पित गरेका छन्। शिक्षण कार्यसँगै साहित्यिक सिर्जना तथा सामाजिक चेतनाको विकासमा सक्रिय रहँदै आएका उनको यात्रा शिक्षा र साहित्यलाई एकसाथ अघि बढाउन चाहने नयाँ पुस्ताका लागि प्रेरणादायी बनेको छ ।

मल्लले ३१ वर्षदेखि शिक्षण क्षेत्रमा पु¥याउँदै आएको योगदान तथा साहित्यिक सिर्जनामार्फत समाज र भाषाको क्षेत्रमा गरेको योगदानको कदर गर्दै सम्मान गरिएको चैतन्य पाठशालाका प्राचार्य प्रेमनिधि ओझाले बताए । उनका अनुसार शिक्षण पेसामा निरन्तर समर्पित रहनुका साथै मौलिक भाषामा साहित्य सिर्जना गरेर पहिचान स्थापित गर्नु प्रशंसनीय कार्य हो ।

चैतन्य पाठशालाले कला, संस्कृति, साहित्य तथा शिक्षासँग सम्बन्धित गतिविधिमार्फत विद्यार्थीमा सिर्जनात्मक क्षमता, नैतिक मूल्य, सामाजिक उत्तरदायित्व र सांस्कृतिक चेतना विकास गर्ने उद्देश्यले उत्सव आयोजना गरेको हो । शिक्षा र साहित्य क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वलाई सम्मान गर्दा विद्यार्थी तथा नयाँ पुस्तालाई सिर्जनशीलता, भाषा संरक्षण र समाजप्रतिको जिम्मेवारीबारे प्रेरणा मिल्ने विश्वास आयोजकको छ ।

पाठशालाका तर्फबाट प्रदान गरिएको सम्मानपत्रमा मल्लको ज्ञान, मार्गदर्शन, सेवा, प्रज्ञा र शैक्षिक यात्राले नयाँ पुस्ताका लागि प्रेरणाको काम गर्ने विश्वास व्यक्त गरिएको छ । शिक्षण सेवामा तीन दशकभन्दा बढी समय समर्पित गर्दै बझाङी भाषाको गजल लेखन र प्रस्तुतिमार्फत साहित्यिक पहिचान बनाएका मल्लको सम्मानलाई शिक्षा, साहित्य र मौलिक भाषाप्रतिको योगदानको कदरका रूपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

‘वैशाखी’ कथा संग्रहका लेखक यज्ञराज जोशी चैतन्य पाठशालाद्वारा सम्मानित

धनगढी– पत्रकारिता, साहित्य, कला तथा संस्कृतिको क्षेत्रमा लामो समयदेखि योगदान पु¥याउँदै आएका पत्रकार तथा साहित्यकार यज्ञराज जोशीलाई धनगढीस्थित चैतन्य पाठशालाले ‘उत्कृष्ट साहित्य सम्मान–२०८३’ प्रदान गरेको छ । चैतन्य पाठशालामा आयोजित ‘चैतन्य कला संस्कृति उत्सव–२०८३’ को पाँचौँ शृङ्खलाका अवसरमा जोशीलाई सम्मान गरिएको हो ।

बोगटान फुड्सिल गाउँपालिका–३, इनाडा, डोटीको पावन भूमिमा पिता महेश्वर जोशी तथा माता शारदादेवी जोशीका सुपुत्रका रूपमा जन्मिएका यज्ञराज जोशीले विगत १७ वर्षदेखि साहित्य, कला, संस्कृति तथा पत्रकारिताका क्षेत्रमा निरन्तर योगदान पु¥याउँदै आएका छन् । समाजका विविध विषयलाई पत्रकारितामार्फत उजागर गर्नुका साथै साहित्य सिर्जनाका माध्यमबाट सामाजिक जीवनका अनुभूति, विचार र आवाजलाई अभिव्यक्त गर्दै आएका जोशीको योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको चैतन्य पाठशालाले जनाएको छ ।

सम्मानपत्रमा जोशीले पत्रकारितामार्फत समाजका आवाजलाई अभिव्यक्त गर्दै आउनुभएको तथा ‘बैँसाखी’ कथासङ्ग्रहमार्फत साहित्यिक सिर्जनामा योगदान पु¥याउनुभएको उल्लेख छ । उनको निरन्तर साधना, सिर्जनशीलता र सामाजिक विषयप्रतिको चासोलाई सम्मान गर्दै साहित्यिक क्षेत्रमा थप योगदानका लागि प्रेरित गर्ने उद्देश्यले सम्मान प्रदान गरिएको हो ।

चैतन्य पाठशालाले शिक्षा र संस्कारसँगै कला, साहित्य तथा संस्कृतिको संरक्षण र प्रवद्र्धनलाई पनि महत्त्व दिँदै आएको छ । विद्यालयले आयोजना गर्दै आएको कला संस्कृति उत्सवले विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार, पत्रकार तथा समाजका विभिन्न क्षेत्रमा सक्रिय व्यक्तित्वलाई एउटै मञ्चमा जोड्ने अवसर प्रदान गर्दै आएको छ । यस्ता कार्यक्रमले विद्यार्थीमा सिर्जनात्मक सोचको विकास गर्नुका साथै स्थानीय कला, साहित्य र संस्कृतिप्रति रुचि अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

पत्रकारिता समाजको ऐना मात्र नभई समाजमा देखिएका विकृति, विसङ्गति र सम्भावनालाई उजागर गर्ने महत्त्वपूर्ण माध्यम पनि हो। त्यस्तै, साहित्यले मानिसका अनुभूति, विचार, भावना र सामाजिक यथार्थलाई सिर्जनात्मक रूपमा प्रस्तुत गर्ने र पत्रकारिता र साहित्य दुवै क्षेत्रमा सक्रिय व्यक्तित्वलाई सम्मान गर्नुले समाजमा सकारात्मक सोच, सिर्जनशीलता र जिम्मेवार अभिव्यक्तिको महत्त्वलाई स्थापित गर्न सहयोग पुग्ने विश्वास रहेको चैतन्य पाठशालाका अध्यक्ष गणेश प्रसाद जोशीले बताए ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका कुलपति रामाचन्द्र नेपाल रहेका थिए । कला, संस्कृति र साहित्यलाई शिक्षासँग जोड्दै आयोजना गरिएको उत्सवले स्थानीय बौद्धिक तथा सिर्जनात्मक गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ ।

यज्ञराज जोशीलाई प्रदान गरिएको सम्मानले सुदूरपश्चिमको पत्रकारिता तथा साहित्यिक क्षेत्रमा सक्रिय व्यक्तित्वको योगदानलाई संस्थागत रूपमा कदर गर्ने प्रयासलाई प्रतिबिम्बित गरेको छ । साथै, यस्ता सम्मानले नयाँ पुस्तालाई लेखन, सिर्जना, अध्ययन र सामाजिक उत्तरदायित्वका क्षेत्रमा सक्रिय हुन प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

चैतन्य पाठशालाले शिक्षा र संस्कारको संगमका रूपमा विद्यार्थीको सर्वाङ्गीण विकाससँगै समाजका सकारात्मक गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्य लिएको छ । कला संस्कृति उत्सवमार्फत साहित्यकार तथा पत्रकारलाई सम्मान गर्नु विद्यालयको शैक्षिक गतिविधिभन्दा बाहिरको सामाजिक र सांस्कृतिक योगदानको उदाहरणका रूपमा लिन सकिन्छ ।

साहित्य र पत्रकारिताको माध्यमबाट समाजसँग संवाद गर्दै आएका जोशीलाई प्रदान गरिएको ‘उत्कृष्ट साहित्य सम्मान–२०८३’ ले उनको सिर्जनात्मक यात्रामा थप ऊर्जा प्रदान गर्ने विश्वास गरिएको छ । सम्मानले व्यक्तिको योगदानको कदर गर्नुका साथै समाजमा साहित्य, पत्रकारिता र संस्कृतिको महत्त्वलाई उजागर गर्ने सन्देशसमेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

साहित्यकार पूर्णबहादुर मल्ल चैतन्य कला–संस्कृति उत्सवमा सम्मानित

शिक्षण, साहित्य तथा गजल सिर्जनाका क्षेत्रमा लामो समयदेखि योगदान पु¥याउँदै आएका शिक्षासेवी तथा साहित्यकार पूर्णबहादुर मल्ल सम्मानित भएका छन् ।...

‘वैशाखी’ कथा संग्रहका लेखक यज्ञराज जोशी चैतन्य पाठशालाद्वारा सम्मानित

धनगढी– पत्रकारिता, साहित्य, कला तथा संस्कृतिको क्षेत्रमा लामो समयदेखि योगदान पु¥याउँदै आएका पत्रकार तथा साहित्यकार यज्ञराज जोशीलाई धनगढीस्थित चैतन्य पाठशालाले...

नेपाली कांग्रेसको केन्द्रिय सदस्यमा डा.प्रदिप मिश्र विजयी | Dr.Pradeep Mishra

नेपाली कांग्रेसको केन्द्रिय सदस्यमा डा.प्रदिप मिश्र विजयी भएका छन । काठमाण्डौंमा हालै सम्पन्न नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट डा.मिश्र केन्द्रिय सदस्यमा...

सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा

सुदूरपश्चिम प्रदेशसभा सदस्य वीरबहादुर थापाले पदबाट राजीनामा दिएका छन्।उनले सभामुख भीमबहादुर भण्डारीसमक्ष राजीनामा बुझाएका हुन्। पूर्वमन्त्रीसमेत रहेका थापा केही समयदेखि...

गुरुपूर्णिमाको अवसरमा धनगढीको सीसीएस स्कुलद्वारा शिवपुरीधाममा वृक्षारोपण

१३ साउन २०८३,धनगढी : गुरुपूर्णिमाको अवसर पारेर उपमहानगरपालिक – ४ स्थित सीसीएस ( CCS )  स्कुलले सुदूरपश्चिम प्रदेशको मुख्य धार्मीक...

व्यवसायी डिल्लीराज जोशी च्याउ उत्पादक किसान संघ नेपालको उपाध्यक्षमा निर्वाचित

च्याउ उत्पादक किसान संघ नेपालको उपाध्यक्ष (सुदूरपश्चिम प्रदेश भूगोल) मा कैलालीको अत्तरीयाका व्यवसायी डिल्लीराज जोशी चयन भएका छन्। च्याउ उत्पादक...

SPA लिटल फ्लावर प्राइड लिग समापन,विजेता र उपविजेता टोली पुरस्कृत

२३ असोज,२०८३ : धनगढीमा जारी दशौँ संस्करणको SPA लिटल फ्लावर प्राइड लिग सिनियर टी–२० क्रिकेट प्रतियोगिता समापन भएको छ ।...

दशैं-तिहारमा टाटा मोटर्सको विशेष एक्सचेन्ज अफर,पहिलो दिनमै ११ गाडी बुकिङ

धनगढी – दशैं, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै टाटा मोटर्सको अधिकृत विक्रेता जीएआरएस ट्रेडिङ धनगढीले विशेष सवारीसाधन साटफेर योजना...

साहित्यकार पूर्णबहादुर मल्ल चैतन्य कला–संस्कृति उत्सवमा सम्मानित

शिक्षण, साहित्य तथा गजल सिर्जनाका क्षेत्रमा लामो समयदेखि योगदान पु¥याउँदै आएका शिक्षासेवी तथा साहित्यकार पूर्णबहादुर मल्ल सम्मानित भएका छन् ।...

‘वैशाखी’ कथा संग्रहका लेखक यज्ञराज जोशी चैतन्य पाठशालाद्वारा सम्मानित

धनगढी– पत्रकारिता, साहित्य, कला तथा संस्कृतिको क्षेत्रमा लामो समयदेखि योगदान पु¥याउँदै आएका पत्रकार तथा साहित्यकार यज्ञराज जोशीलाई धनगढीस्थित चैतन्य पाठशालाले...

साहित्यकार पूर्णबहादुर मल्ल चैतन्य कला–संस्कृति उत्सवमा सम्मानित

शिक्षण, साहित्य तथा गजल सिर्जनाका क्षेत्रमा लामो समयदेखि योगदान पु¥याउँदै आएका शिक्षासेवी तथा साहित्यकार पूर्णबहादुर मल्ल सम्मानित भएका छन् ।...

‘वैशाखी’ कथा संग्रहका लेखक यज्ञराज जोशी चैतन्य पाठशालाद्वारा सम्मानित

धनगढी– पत्रकारिता, साहित्य, कला तथा संस्कृतिको क्षेत्रमा लामो समयदेखि योगदान पु¥याउँदै आएका पत्रकार तथा साहित्यकार यज्ञराज जोशीलाई धनगढीस्थित चैतन्य पाठशालाले...

कैलाली उद्योग वाणिज्यद्वारा आयोजित पेनाल्टी सुटआउटको उपाधि आयोजकलाई

कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढीमा सम्पन्न पेनाल्टी सुटआउट प्रतियोगिताको उपाधि आयोजक संघको ‘बी’ टिमले जितेको छ । धनगढी रंगशालामा बुधबार...

चैतन्य शिक्षक फुटसल प्रतियोगिताको उपाधि सुदूरवेधालाई,वाल्मिकि उपविजेता

धनगढीः चैतन्य पाठशालाको आयोजनामा सञ्चालन भएको चैतन्य अन्तरविद्यालयस्तरीय शिक्षक फुटसल प्रतियोगिता–२०८३ को उपाधि सुदूरवेधा टिमले जितेको छ। प्रतियोगिताको फाइनलमा उत्कृष्ट...

दोरीका अन्तरकुन्तर चरित्रप्रति दृष्टिगोचर गर्दा!

सुदुरपश्चिम प्रदेशको गाउँको एक जना सज्जन, कम पढेको, बाध्यता र रहर बिचको गहिरो र लामो यात्रा तय गरेको एक युवाको...

दोरीका अन्तरकुन्तर चरित्रप्रति दृष्टिगोचर गर्दा!

सुदुरपश्चिम प्रदेशको गाउँको एक जना सज्जन, कम पढेको, बाध्यता र रहर बिचको गहिरो र लामो यात्रा तय गरेको एक युवाको...

सामान्य रुपमा संविधान दिवस मनाउने सरकारको तयारी

१ असोज,धनगढीः सरकारले संविधान दिवस सामान्य रुपमा मनाउने भएको छ । गृह मन्त्रालयका उपसचिव रवीन्द्र आचार्यले संविधान दिवस सामान्य रुपमा...

नेपाली कांग्रेसको केन्द्रिय सदस्यमा डा.प्रदिप मिश्र विजयी | Dr.Pradeep Mishra

नेपाली कांग्रेसको केन्द्रिय सदस्यमा डा.प्रदिप मिश्र विजयी भएका छन । काठमाण्डौंमा हालै सम्पन्न नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट डा.मिश्र केन्द्रिय सदस्यमा...

कांग्रेस केन्द्रिय सदस्यमा (पेसागत विज्ञ समूह) डा.प्रदीप मिश्रले गरे उम्मेदवारी घोषणा

१९ असोज २०८३,धनगढी : नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि नवजात शिशु तथा बालरोग विशेषज्ञ डा. प्रदीप मिश्रले पेसागत विषय विज्ञ...

जन सम्पर्क समिति इजरायलबाट कांग्रेसको १५ औं महाधिवेशनमा पुनर्वासका बोगटी निर्वाचित

कञ्चनपुरको पुनर्वास नगरपालिका ५ भानुबस्ती घर भएका नारद बोगटी इजरायलबाट नेपाली काग्रेस को केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा निर्वाचित भएका छन्।...

MMA फाइटर रबिन्द्र ढाँट काठमाण्डौं लागे | Rabindar Dhant

MMA फाइटर रबिन्द्र ढाँट काठमाण्डौं लागेका छन । केहिदिन गृह जिल्ला बझाङ्ग पुगेर आमाबुवासँग रमाएका ढाँट पुनःकाठमाण्डौं फर्किएका हुन ।...

Scroll to Top