व्यवसायिक नगरी धनगढीमा तीनदिने `खाना उत्सव´ आयोजना हुँदै

धनगढीमा तीनदिने खाना उत्सव (फुड फेस्टिभल) आयोजना हुने भएको छ। धनगढी उपमहानगरपालिका र होटल व्यवसायी संघ कैलालीको सहकार्यमा फुड फेस्टिभल सञ्चालन गर्न लागिएको हो।

फुड फेस्टिभल सञ्चालनका लागि धनगढी उपमहानगरपालिका र होटल व्यवसायी संघ कैलालीबीच सम्झौता भएको छ। सम्झौताअनुसार उपमहानगरपालिकाले फुड फेस्टिभल आयोजनाका लागि होटल व्यवसायी संघ कैलालीलाई १० लाख रुपैयाँ अनुदान उपलब्ध गराउनेछ।

सम्झौताअनुसार फुड फेस्टिभल तीन दिनसम्म धनगढीमा सञ्चालन हुनेछ। कार्यक्रमको मिति, समय र स्थान दुवै पक्षको आपसी समन्वयमा निर्धारण गरिने बताइएको छ।
धनगढीको स्थानीय खानाका परिकार, होटल तथा पर्यटन व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको फुड फेस्टिभलको व्यवस्थापनमा उपमहानगरपालिकाले आवश्यक समन्वय, सहजीकरण तथा अनुगमन गर्ने सम्झौतामा उल्लेख गरिएको छ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top